धादिङ समाज युएईको सहायता योजना र महाधिवेशनको घोषणा

765 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हरि नेपाली । दुबई, – धादिङ समाज युएईको यही जुलाई ३१ शुक्रबारका दिन दुवईको सिन्ध पञ्जाव रेष्टुरेन्टमा बसेको वैठकले सहायता वीमा योजनाका साथै सेप्टेम्बर २५ मा महाधिवेशनको घोषणा गरेको छ ।

15080140dhadingसमाजका अध्यक्ष भीम कुमार अधिकारीको अध्यक्षतामा बसेको वैठकमा संरक्षक भुवन गुरुङले बैदेशिक रोजगारमा रहेका धादिङबासीहरुको सुरक्षार्थ सहायता बीमा योजना प्रस्तुत गरेका थिए । उक्त योजना अन्र्तगत धादिङ जिल्लाबाट रोजगारीको सिलसिलामा मृत्यु भएका कुनै पनि नागरिकको लागि एक लाख रुपैया र अंगभंग भएको अवस्थामा पचास हजार रुपैया आर्थिक सहयोग गर्ने जनाइएको छ ।

समाजका संरक्षक गुरुङद्धारा प्रस्तुत योजनको विषयमा छलफल गर्दै संस्थापक लेक बहादुर योञ्जन, उपाध्यक्ष धन पाठक, कोषाध्यक्ष विकास गुरुङ, सदस्य मान खाती, निशा घले, रिता तामाङ, प्रदिप लोहनी, विनोद अधिकारी, योगेन्द्र माइला थापा, दिपक अधिकारी, धन सिम्खडा, अन्जन न्यौपाने, राम सिम्खडा लगायतले उक्त नमुना योग्य र स्वागतपुर्ण भएको भन्दै सम्पुर्ण संघ संस्थाहरुको लागि मार्गदर्शन हुने बताउका थिए ।

धादिङ समाजको उक्त बैठकले यही सेप्टेम्बर २५ का दिन महाधिवेशन गर्ने निर्णय समेत गर्दै युएईमा छरिएर वसेका धादिङबासीहरुलाई सदस्यता लिन समेत आग्रह गरेको छ । बैठकले महाधिवेशनको लागि समाजका संस्थापक लेक बहादुर योन्जनको संयोजकत्वमा धन पाठक र मान खाती सदस्य रहने गरि निर्वाचन समितिको समेत निर्माण गरेको छ ।