मोटर साईकल चालकको ज्यान गयो

548 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२१ साउन -धादिङको भुमेस्थान गाविसको एक्लेफाँट स्थित पृथ्वीराजमार्गमा बिहीवार दिउंसो पौने  चार वजे भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । एक जना गम्भिर घाईते भएका छन ।
मुग्लिनबाट काठमाण्डौं तर्फ जांदै गरेको ना ४ ख ८१९४ नम्बरको ट्रकले काठमाण्डौंबाट नुवाकोट जिल्लाको विदुर तर्फ जान लागेको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक नुवाकोट जिल्ला दाङसिंह घर भएका २९ बर्षिय सुवाष तामाङको घटनास्थलमानै ज्यान गएको हो । दुर्घटनामा परि सुवाषकी श्रीमती २६ बर्षिया राममाया तामाङ गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनु भयो ।
घाईते तामाङको सानेपा स्थित स्टार अस्पतालमा उपचार भईरहेको छ भने. मोटरसाईकललाई ठक्कर दिने ट्रक र त्यस्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।