सेक्स गर्न अस्विकार गरेका कारण १९ महिलालाई मृत्युदण्ड

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

safe_image.php(16)साउन, – आतंककारी संगठन आइएसआइएस (इस्लामिक स्टेट)ले एकपटक फेरि १९ महिलालाई निकै निर्ममतापूर्वक मारेका छन् । जिहादीसँग सेक्स गर्न अस्विकार गरेका कारण उनीहरुलाई इस्लामिक स्टेटले इराकको मोसुलमा मारेका हुन् ।कुर्दिश पार्टीका प्रवक्ता मिमोसिनीले घटनाको पुष्टि गर्दै संगठन भित्रै र्याङ्किङको आधारमा कम उमेरका किशोरी र महिलाहरुलाई खरिद–बिक्रि भइरहेको छ । उनले एक इराकी न्यूज एजेन्सीलाई भने, ‘पछिल्लो दुई दिनमा १९ महिलाहरुको हत्या गरिसकेका छन् । यी सबैले सेक्सुअल जिहादमा संलग्न हुन अस्विकार गरेका थिए । ’ अधिकारीका अनुसार यो घटना १ अथवा २ अगस्टमा गरिएको हो । मिमोसिनीले इस्लामिक स्टेटका आधिकारीलाई महिलाहरु उपहारको रुपमा दिइने गरेको बताए । उनका अनुसार हज्जारौं महिलाहरुलाई कैद गरेर राखिएको छ र पटक पटक बेचिने गरिन्छ अथवा भिन्न भिन्न अधिकारीहरु अथवा पुरुषलाई उपहारको रुपमा दिइन्छ । यी महिलाहरुसँग पटकपटक दुष्कर्म गरिन्छ र यदि उनीहरुले सेक्स गर्न अस्विकार गरे उनीहरुलाई कडा सजायँ दिइन्छ । जति उमेर त्यति मूल्यः कुर्दिश डेमोक्रेटिक पार्टीको दाबीभन्दा पहिले यूनाइटेड नेशनले सेक्स स्लेभका लागि बेचिने महिलाको मूल्य सूची जारी गरेको थियो । यसको अनुसार महिलाको मूल्य उनीहरुको उमेरको हिसाबले गरिन्थ्यो । उमेर जति कम हुन्थ्यो उनीहरुको मूल्य त्यति धेरै हुन्थ्यो । उमेर धेरै भएका महिलाहरुको मूल्य भने कम निर्धारण गरिएको हुन्थ्यो । यो मूल्यसूची अनुसार १ देखि ९ वर्ष उमेरको बच्चाको मूल्य १६५ डलर र २० वर्षभन्दा कम उमेरका युवतीको १२४ डलर । ४० वर्षसम्मका महिलाको ४१ डलरमा किन बेच हुने गर्दछ । फिरौती माग्नको लागि पनि गरिन्छ किनबेचः यूएनमा ‘सेक्रेटी–जनरल फर सेक्सुअल वायलेन्स’ की स्पेशल रेप्रिजेन्टेटिभ जैजब बांगुराका अनुसार इराक र सिरियाको युद्धग्रस्त इलाकामा महिलालाई ‘पेट्रोल क्यान’ को रुपमा खरिद बिक्रि गरिन्छ । उनको भनाई अनुसार आतंककारीले महिलाले उनको परिवारसँग फिरौती रकम माग्नको लागि पनि खरिद गर्ने गर्दछन् । म्यारिज ब्यूरोको मद्दतले सजाउँछन् बजारः बांगुरालाई मान्ने हो भने इस्लामिक स्टेटको आफ्नै म्यारिज ब्यूरो पनि छ जसले महिलालाई बेच्ने काम गर्दछ । यी मानिसहरुले नै महिलाको मूल्य तय गर्ने गर्दछन् । मूल्य तोकिएपनि बजारबाट जुन मूल्य लगाइन्छ त्यो नै तय हुने बताइएको छ । इस्लामिक स्टेटले महिलालाई खरिद गर्नृे पहिलो् मौका आफ्ना लडाकूलाई दिने गर्दछ । त्यसपछि धनी विदेशी मानिसहरुलाई उनीहरुलाई किन्ने मौका दिइन्छ । बिक्रि गरिसकेपछि पनि यदि कोही महिलाले सेक्स गर्न अस्विकार गर्छन् भने उनलाई मृत्युको सजायँ दिइन्छ ।