गर्भाबस्थामा यौनसम्पर्क गरेर योनी भित्रै बिर्यस्खलन गर्दा केहि असर गर्छ की गर्दैन ?

1825 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sutneगर्भावस्थामा यौनसम्पर्क गर्न हुन्छ की हुदैँन, कतिबेला गर्ने, कसरी गर्नेहोला भन्ने सबैको खुलदुुली हुनुपर्छ जस्तो लाग्छ मलाई । यौनसम्पर्क भनेको पं्राकृतिक प्रक्रिया हो साथै गर्भधारण पनि प्राकृतिक प्रक्रिया हो त्यसैले यो दुबै प्रक्रिया सँगसँगै गईरहेको हुन्छ । यसपाली यौनसम्पर्क गर्दा गर्भ रह्यो भनेर कसलाई थाहा हुन्छ र, तर लगातार यौनसम्पर्क गरिराखेको हुन्छ नी, जब महिनावारी बन्द हुन्छ, महिनावारी बन्द भएको १२/१५ दिनपछि पिसाब परिक्षण गर्दा मात्रै गर्भ रहेको कुरा थाहा हुन्छ भनेपछि रेगुलर यौनसम्पर्कमा त रहिरहेको हुन्छ नी, त्यसको कारणले गर्भपतन भएको वा गर्भको बच्चामा समस्या भएको भन्ने कुरा त अहिलेसम्म सुन्नमा आएको छैन । यौनसम्पर्क गर्दा गर्भवती आमालाई असजिलो हुनुभएन, सजिलो ढङ्गले कुन आसनमा यौनसम्पर्क गर्दा सजिलो सहज हुन्छ त्यहि आसनमा रहेर यौनसम्पर्क गर्दा कसैलाई पनि हानीनोक्सानी हुदैँन, न बच्चालाई हानीनोक्सानी हुन्छ न त आमालाई नै हानीनोक्सानी हुन्छ । गर्भवती भएको अवस्थामा वा बच्चा जन्मिएको अवस्थामा महिलाहरुमा बढि माया चाहिने, बढि प्रेम चाहिने, बढि स्याहार सुस्याहारको भावनाहरुको बिकास भईरहेको हुन्छ त्यो कुरालाई यौनजोडीले एकदमै ख्याल गर्नुपर्ने हुन्छ । त्यतिमात्र हो, होईन भने यौनसम्पर्क गर्न नहुने अथवा यौनसम्पर्क हानीकारक, यौनसम्पर्क बर्जित भन्ने कुरा होईन । यो दुबै कुरा प्राकृतिक प्रक्रिया हो । गर्भ रहेको कुनैपनि बेलामा ब्लिडिङ्ग हुन सक्छ, यो भनेको गर्भावस्थाको सबैभन्दा खतरायुक्त अवस्था हो, ब्लीडिङ्ग हुने सम्भावना भएको ब्यक्तिलाई वा पटकपटक गर्भपतन भईरहेको अवस्था छ भने यौनसम्पर्क गर्दा केही बिचार गर्नसक्ने हुनसक्छ । तर यौनसम्पर्क गरेको कारणले ब्लिडिङ्ग हुने भन्ने धारणा गलत हो । सबभन्दा महत्वपुर्ण कुरा के हो भने श्रीमतीलाई ईच्छा, चाहना छैन भने, गर्भको कारणले यौनसम्पर्क गर्न सक्ने अबस्था नै छैन, त्यतिबेला तपाईले जबरजस्ती यौनसम्पर्क गर्नुहुन्छ भने त्यो बलात्कार हो । स्वभाबिक रुपमा मलाई के लाग्छ भने, यदि तपाई साच्चै आफ्नो यौनजाडीलाई माया गनुहुन्छ भने तपाईलाई त्यतिबेला यौनसम्पर्क नै गर्न मन लाग्दैन । तपाईहामीमा भावनात्मक सम्बन्ध, नजिकको सम्बन्ध, मैले स्याहार गर्नुपर्छ, यो मेरो जिम्मेवारी हो भन्ने कुरा सोचेनौ भने त्यतिबेला हामीलाई यो उश्रृङ्खलता आउँछ । र अन्तिममा गर्भवती महिलाले पनि यौनईच्छा ब्यक्त गर्छिन भने, त्यस्तो बेलामा यौनसम्पर्क गर्न कुनै अप्ठ्यारो छैन