२०७२ साल भाद्र ३ गते बिहीबार आजको पञ्चाङ्ग

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tapaiko aajमिति २०७२ साल भाद्र ३ गते बिहीबार, तदनुसार अगस्त २० सन् २०१५, श्रीशाके १९३७, नेपाल संवत् ११३५, कीलकनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । आज सूर्य सिंह राशिमा, चन्द्रमा त’ला राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३२ घटि २८ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३७ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ६ बजेर ३६ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष ः एक्कासी आम्दानीमा वृद्धि, राज्यपक्षबाट सहयोग, प्रेम प्रसंग सफल, तार्किक क्षमताको विकास हुनेछ ।
वृष ः यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन कार्यमा लगानी, व्यापारबाट पर्याप्त मुनाफा हुनेछ ।
मिथुन ः स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने, हतियारबाट कष्ट, विरोधी सक्रिय, नास्तिक विचार पलाउनेछ ।
कर्कट ः समस्यासंग झन संघर्ष, पेट रोगले पिरोल्ने सम्भावना, व्यापारमा गिरावट, अशुभ समाचार सुन्नुपर्ला ।
सिंह ः रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।
कन्या ः मनमा अनावश्यक पीडा, अनावश्यक टक राव हुने, आर्थिक भार थपिने, आफन्तबाट धोका पाइनेछ ।
तुला ः पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।
वृश्चिक ः जोखिम कार्य सफल हुने, यात्रा फलदायी, तार्किक क्षमताको विकास, अध्ययनमा सफलता मिल्नेछ ।
धनु ः नयाँठाउँको अवलोकन, आ रोग्य जीवनको उपभोग, विरोधी माथि विजयी, प्रतियोगितामा सफलता मिल्नेछ ।
मकर ः कार्यमा व्यावधान आम्दानी घट्ने पारिवारिक किचलो, स्वास्थ्यमा धन खर्च गर्नुपर्ने छ ।
कुम्भ ः दुर्घटनाका भय, आफन्तसँग मनमुटाव, शारीरिक पीडा थपिने समय खराब छ, सतर्क हुनुहोला ।
मीन ः मानहानि हुन सक्नेछ, अनावश्यक झन्झट आइलाग्ने, मन परेको खानमा अवरोध हुने, दिन खराब रहनेछ ।
साइत ः आज पश्चिम बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
शुभ, लाभ र अमृत बेला ः २०७२ साल भाद्र ३ गते बिहीबार बिहान ५ः३७ बजेदेखि ७ः०७ बजेसम्म श’भ बेला, बिहानमा ७ः०७ बजेदेखि ८ः३७ सम्म रोग, बेला बिहानमा ८ः३७ बजेदेखि १०ः०७ बजेसम्म उद्वेग बेला, बिहानमा १०ः०७ बजेदेखि ११ः३७ बजेसम्म चर बेला, बिहान ११ः३७ बजेदेखि दिनमा १ः०७ बजेसम्म लाभ बेला, दिनमा १ः०७ बजेदेखि २ः३७ बजेसम्म अमृत दिनमा २ः३७ बजेदेखि ४ः०७ बजेसम्म काल दिनमा ४ः०७ बजेदेखि ५ः३७ बजेसम्म श’भ बेला रहनेछ । यसमा अमृत भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९