बेनी रानीसँग जोन मोर युनिभर्सिटीमा साक्षात्कार

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rani_beniधादिङ जिल्लाको तिप्लिङमा जन्मिएकी बेनी रानी घलेले १२ वर्षकै उमेरमा  विवाह गर्नुपरेपछि जीवनमा विभिन्न उतारचढाव भोगिन् जुन क्षण उनका लागि बडो पीडादायी थियो । १३ वर्ष टेक्दै गर्दा उनले पर्यटकका भारी बोक्ने काम गरिन् । त्यही बेला उनले साक्षर हुनुपर्ने महत्व झन् बढी अनुभूति गरिन् ।
विभिन्न अप्ठेराका बाबजुद बेनी रानीले केही शिक्षा लिन सफल भइन् । समाजसेवामा जीवन समर्पित गरेकी बेनी रानीले लैंगिक हिंसा, चेलीबेटी बेचबिखन, वाल विवाह, महिला स्वास्थ तथा शिक्षा लगायतका मुद्धामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् ।
केही वर्षअघि उनले आफ्नो जिल्लाका अन्य महिलासँग मिलेर गाउँमा पुनः प्रयोग गर्न मिल्ने घाँसको बास्केट उत्पादन शुरु गरिन् र गाउँ तथा विश्व बजारमा विक्री वितरण हुन थाल्यो । जुन अहिले तीनसय महिलालाई आम्दानीको श्रोत बनेको छ । बेनीले स्थापना गरेका बेनी ह्याण्डीक्राफ्ट र स्टेप फाउण्डेसन अहिले महिला सशक्तिकरणका क्षेत्रमा उदाहरणीय संस्था बनेका छन् ।
उनै बेनीका बारेमा बेलायतको लिभरपुलस्थित जोन मोर युनिभर्सिटीमा साक्षात्कर कार्यक्रम गरिएको छ । बेनी रानीसँग युनिभर्सिटीको समाजशास्त्र विभागले साक्षात्कर गरेको हो । कार्यक्रम डा. के स्ट्याण्डिङ र डा. सारा पार्करको पहलमा भएको थियो । सारा लिभरपुलकी नेपाली चेली भनेर परिचित छन् ।
कार्यक्रममा लिभरपुल  युनिभर्सिटीका  डा हेमराज शर्मा, प्रणयराज शाक्य, बिनु सुबेदी कार्की, प्रतिक्षा पौड्याल, लिभरपुल नेपाली समाजका अध्यक्ष कुमार घर्ति, डा शम्भु  आचार्य लगायत स्थानीय लिभरपुलबासीको उल्लेख्य उपस्थिति थियो ।
यतिखेर बेनी रानी बेलायतका विभिन्न शहरमा हुदै गरेका कार्यक्रममा भाग लिंदैछिन् । उनलाई विशेष रुपमा नर्वेका नागरिक डेभिड डर्कनले मद्दत गरिरहेका छन् ।
– नेपाली बुलेटिन डट कमवाट