थरुहट कार्यकर्ताको आक्रमणमा नाबालक मारिए

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tekendra_kuwar_killd_in_tikapur_tharuhat_attacke_695245330फोटो :थरूहट कार्यकर्ताको अाक्रमणमा मारिएका दुर्इ वर्षीय नाबालकको शव
कैलाली : कैलालीको टीकापुरमा थरुहटका कार्यकर्ताको  आक्रमणमा एक अवोध बालकको समेत ज्यान गएको छ । वरिष्ठ प्रहरी उपरीक्षक लक्षमण न्यौपानेसहित आठजना प्रहरीको हत्या गर्ने क्रममा थरुहट कार्यकर्ताको आक्रमणमा परी ८ वर्षीय एक बालकको घरैमा ज्यान गएको हो ।

टीकापुरमा नगरपालिका–६ शंकपुरमा थरुहट-थारुवानका कार्यकर्ताले निषेधाज्ञा तोड्ने क्रममा प्रहरीमाथि आक्रमण गर्दा एक सशस्त्र प्रहरीका छोराको ज्यान गएको हो । सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र बहादुर साउदका २ वर्षीया छोरा टेकेन्द्र साउदको घरमै बसिरहेको अवस्थामा ज्यान गएको हो ।

आन्दोलनकारीले घरेलु हतियार भाला, बन्चरो, हँसिया र गुलेलीले आक्रमण गर्ने क्रममा प्रहरीसँगै बालक पनि मारिएका हुन् । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित ८ जनाको ज्यान गएको छ भने ४६ जना भन्दा प्रहरी घाइते भएका छन् ।

थरुहटका कार्यकर्ताले आक्रमण गर्दा सेती अञ्चल प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, हवल्दार लक्ष्मण खड्का, वरिष्ठ सशस्त्र प्रहरी हवल्दार ललित साउद, सशस्त्र प्रहरी हवल्दार रामविहारी चौधरी र लोकेन्द्र चन्दको ज्यान गएको हो अन्नपूर्ण पोष्टमा खबर छ ।