जिवनपुर दुर्घटनामा मृत्यु हुनेको सँङ्ख्या ६

559 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11988336_805936006190944_2354759064989057412_nधादिङको जिवनपुर ५ चिउरीबोेटमा सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सँङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा जिवनपुर ५ की ५५ वर्षिया ठुली तामाङ, जिवनपुर ५ कै २१ वर्षिय प्रताप तिमल्सिना र सोहि ठाउँका ४० बर्षिया प्रमिला ढुङ्गाना रहनुभएको छ । उहाँहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । यस्तै आर्या हस्पिटल छाउनीमा ८५ वर्षिया कान्छी रेग्मी, सिटी सेन्टर हस्पिटल कलँकीमा १९ वर्षिया रजिता ढुङ्गाना र ट्रमा सेन्टरमा १५ वर्षिया अन्जु तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका सबै जिवनपुर ५ का हुन् । १२ वर्षे गोदावरी मेलामा दर्शन गरेर फर्किदैँ गरेका यात्रु चढेको बा २ ख २३२१ नम्बरको बस दुर्घटनामा अन्य ३३ जना घाईते भएका छन् । घाईतेहरुको काठमाण्डौँको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । घाईते १ जना भने डिस्जार्ज भईसकेका छन् । बस सडकबाट करिब २०० मिटर तल खोँचमा खसेर दुर्घटना भएको हो । काठमाण्डौँ चक्रपथमा चल्ने बस साँघुरो बाटो र तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।