मलेखुमा राष्ट्रिय महोत्सव तथा माछा मेला हुने

1039 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेखु । माछाका विभिन्न परिकारका लागि देश विदेशमा ख्याती कमाएको धादिङको मलेखुको प्रचार प्रसार गरी यहांको व्यवसायलाई प्रवर्धन गर्ने उद्धेश्यका साथ मलेखुमा पहिलो पटक राष्ट्रिय महोत्सव तथा माछा मेलाको आयोजना गरिने भएको छ ।
india-2007.1178858340.img_2379जिल्लामा रहेका व्यवसायीहरुको हक हितका निम्ति कृयाशिल रहंदै आएको नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको असोज २ गते सम्पन्न बैठकले मलेखु वजारमा आगामी पुस ९ गते देखि १९ गते सम्म राष्ट्रिय महोत्सव तथा माछा मेलाको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष लोकनाथ डल्लाकोटीले जानकारी दिनुभयो ।

जिल्लाको व्यावसायिक तथा पर्यटकीय पहिचानलाई अभिवृद्धि गर्दै कृषि, पर्यटन र उद्योगको प्रबर्धन गर्न मेला आयोजना गर्न लागेकोअध्यक्ष डल्लाकोटीले बताउनु भयो ।

मेलाले किसान र उद्यमीलाई हौसला दिने र कृषि तथा औद्योगिक क्रान्तिका निम्ति धादिङले अगुवाई लिने अपेक्षा गरिएको छ । मेलामा धादिङ जिल्लामा उत्पादित उपभोग्य तथा घरेलु सामग्रीको प्रदर्शनी, कृषि प्रदर्शनी, पर्यटन गन्तव्यहरुको फोटो तथा डकुमेन्ट्री प्रदर्शनी,  गरिने छ । महोत्सवको तयारीका लागि संघले आईतबार काठमाण्डौमा रहेका धादिङका उद्यमी,व्यवसायी,विभिन्न क्षेत्रमा सक्रिय लव्ध प्रतिष्ठित व्यक्तिहरुको भेला सम्पन्न गरेको छ । भेलाले महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी गर्दै सरोकारवाला निकाय र व्यक्तिहरुसंग समन्वय एवम परामर्श गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।