यौन र श्रमका लागि हजारौँ युवायुवती बेचिँदै

621 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (6)काठमाडौं -आकर्षक कमाइको सपना बोकेर १६ महिनाअघि आफ्नो व्युटी पार्लर छोडेर विदेश गएकी बुटबलकी गेनरेश्मी थापामगरलाई दलालले सिरियामा पुर्‍याएर बिक्री गरे । द्वन्द्वग्रस्त मुलुक सिरियामा बेचिएपछि उनले ‘सरकार म बाँच्न चाहन्छु मलाई नर्कबाट उद्धार गर्नुस’ भन्दै सामाजिक सञ्जालमा आग्रह गरिन् ।

तर, ६ महिना बित्दा पनि सरकारले उनको उद्धार गर्न सकेन । लामो प्रयासपछि गैरसरकारी संस्थाहरुको पहलमा हालै मात्र उनको उद्धार भएको छ ।

उनीजस्तै विश्वका विभिन्न मुलुकमा हजारौ नेपाली युवायुवतीको बिक्री हुने गरेको छ । तर, उनीहरुको उद्धार हुन सकेको छैन् । ‘नेपाल प्रहरी सिरियामा गएर उद्धार गर्न सक्ने अवस्था छैन्,’ एक सिनियर प्रहरी अधिकारी भन्छन्-‘ स्थानीय प्रहरीलाई भनेर उद्धार गर्न हाम्रो संयन्त्र छैन् । त्यही कारण थापामगरको उद्धार गर्न यति लामो समय लागेको हो ।’

विश्वमा पछिल्लो समय नयाँ र सबैभन्दा चुनौतीपूर्ण अपराधको रुपमा मानव बेचसिबखन तथा ओसारपसार देखापरेको छ । मानव तस्करीमा संलग्न गिरोहको निकै संगठित र बलियो अन्तर्राष्ट्रिय सञ्जाल छ ।

नेपालबाट अमेरिकालगायत विभिन्न देशमा सजिलै लगरे बिक्री गर्न सक्छन् । तर, सुरक्षा निकायहरुले त्यसलाई नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय संयन्त्र नै छैन्  नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।