भुइँकटर खानुकाे फाइदा यस्ता छन्

895 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

vhui katarएजेन्सि/-प्रति १०० गाम भुईंकटरबाट शरिरलाई ५० क्यालोरी प्राप्त हुन्छ । यसमा ब्रोमेलियन इन्जाइम पाइन्छ जसले प्रोटिन पचाउन मद्धत गर्छ । ब्रोमेलियनले क्यान्सरबाट बचाउने काम पनि गर्छ । भुईंकटरले आर्थाइटिस र अपच हुनबाट पनि बचाउँछ । भुईंकटरमा भिटामिन सि, ए, बि कम्प्लेक्स, पोटासियम, म्याग्नेसियम र तामा पनि पाइन्छ । भुईंकटरले रुघाखोकी लाग्नबाट पनि बचाउँछ । यसमा फाइबर पनि प्रशस्त पाइन्छ । भुईंकटर एन्टिअक्सिडेन्टको प्रमुख श्रोत मानिन्छ । भुईंकटरमा पाइने म्याग्नेसियमले हड्डी बलियो बनाउन र तन्तुहरुलाई जोड्न मद्धत गर्छ । भुईंकटरले दाँत र गिजा बलियो बनाँउछ ।