टर्कीमा आईएसविरुद्ध कारबाही जारी

544 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आङ्कारा, २ कात्तिक । मुस्लिम जिहादी समूह इस्लामिक स्टेट (आईएस) का विरुद्ध टर्कीमा पनि कारबाही जारी राखिएको समाचारमा जनाइएको छ ।download

पछिल्लो समयमा विश्वका सिरिया, इराक र टर्कीलगायतका देशमा उक्त समूहले हिंसात्मक हमलाहरु गर्ने गरेको छ ।

पछिल्लो समयमा यस आतङ्ककारी समूहका विरुद्धमा सिरियामा पनि कारबाहीलाई सक्रिय बनाइएको जानकारी दिइएको छ । गएको शनिबारदेखि टर्की र संयुक्त सेनाले कारबाहीलाई व्यापक बनाएको हो ।

टर्कीका अधिकारीहरूले अङ्कराका साथै विभिन्न बजार क्षेत्रमा उनीहरूको उपस्थिति बढेको भन्दै हवाई कारबाहीका साथै पक्राउ अभियान सुरु गरेको बताएका छन् ।

सिरियामा जारी रहेको यस्तै हवाई कारबाहीका क्रममा रसियाली सेनाले टर्कीको आकासमा नै युद्धक विमान उडाएर उडानसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको जनाएको थियो ।

टर्कीमा पछिल्लो समयमा सुरक्षा निकायहरूले आईएसका विरुद्धमा खोजी अभियान सुरु गरेको जनाएको थियो ।

गतहप्ता सिरियाको सीमा रहेको दक्षिण–पश्चिमी टर्कीमा संदिग्ध आईएस लडाकूले गराएको आत्मघाती आक्रमणमा कैयौँ व्यक्तिको मृत्यु भएको थियो ।

टर्की प्रहरीले आईएसविरुद्ध गत हप्ताबाट सुरु गरेको कारबाहीका क्रममा ६०० भन्दा बढी आईएस सदस्य पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गत आइतबार पनि सिरियाको सीमा क्षेत्र दक्षिणी टर्कीमा भएको बन्दुक आक्रमणमा एक टर्केली सेनाको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा