सांस्कृतिक क्रियाकलापहरुको आदानप्रदान बढाउनुपर्नेमा विश्वका बौद्धमार्गीहरुको आग्रह

770 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (2)नानजिङ्ग, – विश्वका बौद्धमार्गीहरुले विभिन्न देशले आपसमा भ्रमण एवम् अन्य शैक्षिक तथा सांस्कृतिक क्रियाकलापहरुको आदानप्रदान बढाउनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले सामुहिक एवम् तुलनात्मक अध्ययनका साथै शिक्षा र बौद्ध दर्शनका क्षेत्रमा भए गरेका अनुसन्धान र अध्ययनहरुको पनि आपसमा आदान प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

चीनमा सम्पन्न चौथो विश्व बौद्ध मञ्चको सम्मेलनमा सहभागी बौद्धमार्गीहरुले सो धारणा राखेका हुन् । उनीहरुले अध्ययन भ्रमणलाई पनि सामुहिक रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

विश्वका विभिन्न देशका बौद्धमार्गीहरुले आपसी सम्बन्धको विस्तारका लागि समय समयमा पारस्पारिक भ्रमणका कार्यक्रमहरु राख्नुपर्ने पनि उनीहरुले बताएका छन् ।

चीनको जियाङ्सु प्रान्तमा आइतबार सम्पन्न सो सम्मेलनले जारी गरेको घोषणा पत्रमा आपसी भ्रमण र मित्रतामा जोड दिइएको छ ।

उक्त सम्मेलनमा विश्वका विभिन्न ५२ देशका करिब एक हजार बौद्धमार्गी, भिक्षुहरु तथा विद्वानको सहभागिता रहेको थियो । रासस÷सिन्ह्वा