दक्षिण कोरियाको गिम्छन सहरमा बस्दै आएकी धादिङकी २५ बर्षीया गौरीमाया तामाङद्वारा आत्महत्या

816 पटक पढिएको

सम्पादक: Dhadingnews.com

देबेन्द्र सम्बाहाम्फे,दक्षिण कोरिया

कोरियन पुरुषसँग विवाह गरेकी धादिङकी २५ बर्षीया गौरीमाया तामाङले झुण्डिएर आत्महत्या गरेकी छन् । गिम्छन सहरमा बस्दै आएकी तामाङले आफू बसेको घरमा शुक्रबार दिउँसो सलमा झुण्डिएर आत्महत्या गरेकी हुन् । गीम्छन विश्व बिद्यालयका प्राध्यापक नवराज पन्तका अनुसार तामाङ राइस केक पसल चलाएर बसेका ५० बर्षीय छाङ व्यङ दोसँग गत अक्टोबरमा विवाह गरेर नोभेम्बर अन्तिममा कोरिया आएकी थिइन् । उनीहरुले एक म्यारिज ब्युरोको सहयोगमा विवाह गरेका थिए ।
शव प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । तामाङले आत्महत्या गर्नुको कारण अझै खुलेको छैन । गिम्छ्न नजिकैको एक कम्पनीमा कार्यरत सुनसरी इटहरीकी सरिता खवासले परिवारलाई घटनाबारे अवगत गराएकी थिइन् |