पाकिस्तानको एक व्यस्त बजारमा विस्फोट हुँदा २४ जनाको मृत्यु

694 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pakisthanधादिङ मंङ्सिर २८ – पाकिस्तानको एक व्यस्त बजारमा बम विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी पाकिस्तानको कुर्रम आदिवासी एजेन्सीको व्यस्त बजारमा बम विस्फोट भएको हो ।

विस्फोटनमा परि ७७ जना घाइते भएका छन् । पाराचिनारको इद गाह कपडा बजारमा विस्फोट भएको हो । विस्फोटनमा संलग्न दुई जनालाई पक्राउ गरिएको सरकारी अधिकारीले बताएका छन् । अहिलेसम्म कुनै पनि समुहले आक्रमणको जिम्मेवारी लिएको छैन । शिया अल्पसंख्यको बसोबास रहेको क्षेत्रमा विस्फोट भएकाले शुन्नी सुमदायले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । पाराचिनारमा शिया समुदायको बाहुल्यता रहेपनि त्यस आसपासको क्षेत्रमा अलग अलग सुमदायका मानिसको बसोबास छ ।

त्यहाँ शिया र शुन्नी समुदायबीच द्वन्द्व कायम छ । शान्ति कायम गर्ने प्रयास असफल भएको छ । कुर्रम उत्तरी बजिरिस्तान नजिक छ । जहाँ पाकिस्तान सेनाले डेढ वर्षअघिदेखि तालिबान बिद्रोही विरुद्ध कारवाही अभियान चलाएको छ ।