नवलपरासीका ९० प्रतिशत युवा जनशक्ति वैदेशिक रोजगारमा

530 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aaaaaaaaधादिङ पुस २- नवलपरासीको पहाडी क्षेत्रका अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क यहाँ सार्वजनिक भएको छ । पहाडी–१७ गाविसका ९० प्रतिशत युवायुवती वैदेशिक रोजगारमा गएको र वैदेशिक रोजगारमा जानेमा युवतीभन्दा युवाको सङ्ख्या निकै बढी रहेको आप्रवासन कामदारको क्षेत्रमा काम गर्ने संस्था इन्द्रेणी विकास मञ्च र हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ (सामी परियोजना)ले सो तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ््कअनुसार विशेषगरी पहाडी नरम गाविसमा रहेको ४५० घरधुरीमध्ये १२० भन्दा घरका युवायुवती रोजगारीका लागि विदेश गएका छन् । परियोजनाले पछिल्लो समय एक हजार ८ सय ८५ जनालाई परामर्श दिएको, पासपोर्टमा फसेका र विदेशमा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरेको जनाएको छ ।