ऋषि धमला लाई ५० हजार राशिको एनजेड नेपाल पत्रकारिता पुरस्कार

730 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ ज्यामरुङमा जन्मिएर राजधानी रहि पत्रकारिता गर्दै आईरहनु भएका ऋषि धमला लाई एनजेड नेपाल पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिने भएको छ.।

dhamalaaरेडियो, टेलिभिजनमार्फत देशका जल्दा बल्दा मुद्दा जनतासम्म पु¥याउन विशेष योगदान दिएबापत एनजेड नेपाल डट कमले धमलालाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

एनजेड नेपालका सम्पादक केदार चापागाईंका अनुसार रिपोर्टर्स क्लब नेपालमार्फत जनतालाई सुसूचित गर्न र विभिन्न समयमा राष्ट्रिय सहमति कायम गराउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै पत्रकार धमलालाई सम्मान स्वरुप यो पुरस्कार दिन लागिएको हो ।

सो सम्मानपत्र ग्रहण गर्न धमला आउँदो महिना न्युजिल्यान्डको क्राइस्ट चर्च जाने कार्यक्रम छ ।

एनजेड नेपालका सञ्चालक बुद्धिसागर घिमिरेले दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दा सत्ता र प्रतिपक्षका भनाइलाई सन्तुलित रुपमा प्रस्तुत गरी सबैलाई बराबरी स्थान दिने पत्रकारको रुपमा परिचय स्थापित गरिसकेकाले पनि आफूहरूले धमलालाई पुरस्कारको लागि छनोट गरेको बताउनुभयो । पत्रकारितामा हरेक दिन जसो चर्चा र विवादमा तानिने गरेका पत्रकार ऋषि धमला अध्यक्ष रहेको रिर्पोटसै क्लवले दुई दर्जन भन्दा बढी पुरस्कारहरु स्थापना गरी बितरण गर्दै आईरहेको छ ।