शौचालय निर्माण सम्बन्धि तालिम

794 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

संगिता आले मगर, बुङचुङ – एक्सन नेपालको आयोजना र इन्टरनेशनल मेडिकल कप्र्स (आई.एम.सी.)को सहयोगमा शौचालय निर्माण सम्बन्image-4fd9c981de4a6c01880825d0a51dad2599ad5a48836572e20586f7094fc9a358-Vधि तालिम कुम्पुर –२ माविखोला बुङचुङमा सञ्चालन भएको छ । स्थानीय स्तरमै दक्ष जनशक्तिको निर्माण गर्ने उद्देश्यले दिइएको तालिमबाट तयार भएका मिस्त्रिहरुले गाउँमै सफा चर्पीको निर्माण गर्नेछन् ।
image-91337c0a97dae06eb0992a1abdba42726388b725f970a9bfa0c7fa4a883ead5a-Vआजको तालिममा कुम्पुरका १५ जना मिस्त्रिहरु सहभागि भएको थियो । भोली २९ गते थप १५ जनालाई सोहि स्थानमा तालिम दिइने र फागुन १ गते कुम्पुर गाविसका जम्मा ४५ जना मिस्त्रिहरुलाई बुङचुङको सामुदायिक भवनमा अभ्यास गरिने प्रशिक्षक सागर कार्कीले बताउनुभयो । यस अघि माघ १७ गते नै १५ जना मिस्त्रिहरुलाई तालिम दिइसकेको थियो ।


Comments are closed.