राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु बन्द

525 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

NAFEA1काठमाडाैं । प्रहरीले छापा मारेर आफ्नो क्षेत्राधिकारको उल्लंघन गरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यावसायी संघले राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आजबाट अनिश्चितकालका लागि बन्द गरेकोछ । उपत्यकामा ६ सय २५ भन्दा बढी म्यानपावर कम्पनी छन्।

ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले हिजो उपत्यकाका १८ वटा म्यानपावरमा छापा मारेर १४ जना म्यानपावर संचालकलाई पक्राउ गरेको थियो । यही घटनाको प्रतिकार स्वरुप वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट म्यानपावरका सम्पूर्ण कामकाज ठप्प पारेको हो ।

आजबाट म्यानपावर बन्द भएपनि भिसा आएर विदेश जान ठिक्क परेकाहरुलाई सात दिनभित्र उडाउन पनि महासंघले सबैसंग आग्रह गरेको छ ।