होसियार ! यौन सम्पर्कबाट सर्छ जिका भाईरस

994 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

zika-virusलामखुट्टेबाट सर्ने भनेर प्रचार गरिएको खतरनाक जिका भाइरस यौनसम्पर्कबाट सरेको पुष्टि भएपछि अमेरिकाका चिकित्सकहरुबीच ठूलो बहस सुरु भएको छ ।

अमेरिकाको टेक्सासमा यौनसम्बन्ध राख्दा जिका भाइरस सरेको छ । लामखुट्टेबाट मात्रै सर्ने जिका भाइरस यौनसम्बन्ध स्थापित गर्दा सरेका व्यक्तिको पनि सोही कारण गम्भीर विरामी परेका छन् ।

द सेन्टर फर डिजिज एन्ड प्रिभेन्सनले यो कुराको पुष्टि गरेको छ । डल्लास काउन्टीमा एक व्यक्तिले यौनसम्पर्क राख्ने क्रममा उनमा जिका भाइरसको संक्रमण भएको हो ।
डल्लास काउन्टीका एक अधिकारीले बताए अनुसार ती ब्यक्तिले विरामी भएका अर्का व्यक्तिसँग यौनसम्बन्ध राखेपछि जिका भाइरसको संक्रमणको शिकार भए । जुन अमेरिकामा पत्ता लागेको जिका भाइरसको पहिलो संक्रमण हो ।

अमेरिकामा अहिलेसम्म लामखुट्टेबाट जिका भाइरस फैलिएको प्रमाण चिकित्सकहरुले फेला पार्न सकेका छैनन् । लामखुट्टेबाट संक्रमित विरामी नभेटिएपनि यौनसम्बन्धबाट जिका भाइरस संक्रमण भएका विरामी भेटिएपछि त्यहाँ त्रास बढेको छ।

विश्व स्वास्थ्य संगठनले मंगलवार जिका भाइरसलाई अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्यका लागि खतरा भएको घोषणा गरेको छ ।