मलेसियामा ४ नेपाली महिला पक्राउ

888 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२०७२,चैत्र २, – मलेसियामा ४ जना नेपाली महिला पक्राउ परेका छन् । मलेसियाली प्रहरीले पेनाङको जलान सुल्तान अहमद शाहस्थित मनोरञ्जन आउटलेटबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरु २३ देखि ३० बर्ष उमेर समूहका यौनकर्मी रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

kuala-lumpur_Nepali_in_Malaysia_517762573ती सञ्चार माध्यमका अनुसार शुक्रबार मध्यरातमा त्यहाँ छापा मार्दा ६ बंगलादेशी र ४ नेपाली महिला यौनकर्मी पक्राउ परेका हुन् । बंगलादेशी नागरिकको व्यवस्थापनमा रहेको उक्त आउटलेटले यौन व्यवसाय समेत संचालन गरेको पाइएपछि त्यहाँ गेष्ट रिलेसन अफिसरको रुपमा कार्यरत रहेका ती महिलाहरु पक्राउ परेका हुन् । उनीहरु गैरकानूनी अवस्थामा रहेको बताइएको छ ।

उक्त अपरेसनमा ३८ बषिर्य एक बंगलादेशी म्यानेजर पनि पक्राउ परेका उल्लेख गरिएको छ । स्थानीय नागरिकको नाममा रहेको लाइसेन्स प्रयोग गरि यौन व्यवसाय संचालन हुँदै आएकाले प्रहरीले उक्त आउटलेटको लाइसेन्स खारेज गर्न सम्बन्धित निकायलाई प्रस्ताव समेत गरेको बताइएको छ ।

मलेसियाका विभिन्न डान्स रेष्टुराँ एवं क्लबहरुमा नेपालीहरु नर्तकी एवं गेष्ट रिलेसन अफिसरको रुपमा समेत कार्यरत छन् । बढी पैसा कमाइने लोभमा त्यसरी मलेसिया आउने कतिपय बाहिर ‘गेष्ट रिलेसन अफिसर’ भनिए पनि ‘यौनकर्म’ मा लागेको समेत पाइन्छ इकान्तिपुरमा खबर छ । ।