मलेसियामा जेल सजाय काटेर २१ जना नेपाली स्वदेश फिर्ता

1458 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेसिया, – मलेसियामा अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय काटिसकेका २१ जना नेपाली कामदार मंगलबार घर फर्किएका छन् ।
br-malesiya-3वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले हवाई टिकटको खर्च बेहोरेपछि मलेसियास्थित नेपाली दूतावासको पहलमा उनीहरुलाई नेपाल फर्काइएको हो ।

मलेसियाको सेपाङमा रहेको केएलआइए डिपोबाट दूतावासले १० दिनअघि उनीहरुलाई उद्दार गरेको थियो । घरफिर्ती केन्द्रमा रहेका अरुलाई पनि क्रमशः नेपाल पठाइने दूतावासले जनाएको छ ।