सिप र सुचना लिएर मात्र बैदेशिक रोजगारमा जानको लागी आग्रह

683 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_0698धादिङ-सहि सुचना र सीप सिकेर बैदेशिक रोजगारमा गए बैदेशिक रोजगार सुरक्षित र भरपर्दो हुने धादिङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदीले बताउनुभएको छ । धादिङबाट बैदेशिक रोजगारमा जाने क्रम बढ्दो रहेको भन्दै उहाँले सिप र सुचना लिएर मात्र जानको लागी आग्रह गर्नुभएको छ ।
लगनशीलता र धैर्यता हुने हो भने, विदेश नै नेपाल हुने भन्दै उहाँले बैदेशिक रोजगारको कारण विकास निर्माण काम समेत प्रभावित हुन सक्ने बताउनुभयो ।
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङ र सामी हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको साझेदारीमा सन्चालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत पासपोर्ट वनाउने तयारीमा रहेका युवाहरुको लागी धादिङ बेसीमा सन्चान भएको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले सो कुरा बताउनुभएको हो । आफु पनि बैदेशिक रोजगार विभागमा केहि समय काम गरेको अनुभव सुनाउदै प्रमुख जिल्ला अधिकारी सुवेदीले बैदेशिक रोजगार भित्र धेरै समस्या रहेको स्पष्ट पार्नुभयो ।
बैदेशिक रोजगारको विषयमा चन्द्रज्योती एकीकृत ग्रामिण विकास समाज सिड्स धादिङ द्वारा सन्चालीत सामी परियोजनाले निकै राम्रो काम गरीरहेको बताउनुभयो । साथै वैदेशिक रोजगारमा जाने तयारीमा रहेको भए सुचना तथा परामर्श केन्द्रमा आएर सुचना लिनुको साथै सीप सिकेर विदेश जानको लागी जानकारी गराउनुभयो ।
सिप र जानकारी लिएर वैदेशिक रोजगारमा गएकाहरु सफल भएका छन् भने दलालको विश्वासमा परेर सिप र कुनै जानकारी नलिकन जाने युवायुवतीहरु ठुलो समस्यामा परीरहेको स्मरण गराउनुभयो । पासपोर्ट बनाउने तयारीका रहेका युवायुवतीहरुको लागी आयोजना गरीएको दुइृ दिने अभिमुखीकरण कार्यक्रममा नीलकण्ठ नगरपालीका सहित १० गाउँ विकास समितिका २८ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, जिल्ला परियोजना सिड्स धादिङका कार्यक्रम संयोजक गँगा सुवेदी, हेल्भेटास सामी स्वीस ईन्टरकोअपरेशन नेपालका जिल्ला परियोजना संयोजक कमल बहादुर रोकायले पासपोर्ट बनाउनु अघि ध्यानदिनुपर्ने कुराहरु, वैदेशिक रोजगारमा जाँदा पु¥याउनुपर्ने प्रक्रिया, बैदेशिक रोजगारको कारण आउने सक्ने अप्ठ्यारा, सुचना तथा परामर्श केन्द्रबाट प्रदान गर्ने सेवा, निशुल्क सिप र न्याय प्रणालीको विषयमा जानकारी गराउनुभएको थियो । साथै युवाहरुले स्वदेशमै स्वरोजगारको अवसर सृजन गर्न सक्ने सम्भावनाहरुको बारेमा पनि जानकारी गराईएको थियो ।
यसैगरी आवज अभियान नेपालका कार्यक्रम संयोजक ईन्दिरा अर्यालले वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउनको लागी सुचना प्रवाहको तरीका र रेडियो कार्यक्रम देशपरदेश सडक नाटकको विषयमा जानकारी गराउनुभएको थियो । यसैगरी बैदेशिक रोजागरको कारण परिवारमा पर्ने मनोसामाजिक असर र असर कम गर्नको लागी गरिने परामर्शको विषयमा सामाजिक कार्यकर्ता रामकुमार थापाले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।