फिलिपिन्समा राईले स्वर्ण र तामाङले कास्य जिते ,

909 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13059813_977564985684583_1882848711_n माया लोप्चन,

-फिलिपिन्सको मनिलामा आयोजना गरिएको “निसोमुरा अन्तर्राष्ट्रिय सितोरियो कराते कप प्रतियोगिता”मा मलेसिया सितोरियो कराते संघबाट २ जना नेपालीले पनि सहभागी भई पदक स्वर्ण र  कास्य पदक प्राप्त गरेका छन ।

   विराटनगरका कर्ण राइ ८४ के.जि .तौल समुहमा स्वर्ण पदक र नुवाकोट सामरी घर भई मलेशियामा कार्यरत अजित तामाङले ७५के.जि. तौलको समुहमा कास्य पदक जितेका हुन । प्रतियोगितामा  २ खेलाडीको साथमा प्रवासी सितोरियो संघका अध्यक्ष योगेन्द्र कोइरालाको उपस्थिती रहेको थियो ।कोइराला सितोरियोका एसिया स्तरका रेफ्रि हुन र सो प्रतियोगितामा विभिन्न खेलको निर्णय गरेका थिए।