कोलोराडोको लङमन्टमा नेपालीको सकृयतामा लायन्स क्लब गठन गरिंदै

739 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नतिबाबु भट्ट
कोलोराडो अमेरीका

DSC_0002कोलोराडो स्थित लङमन्ट सिटीमा स्थानीय नेपालीहरुको सकृयतामा सनीबार सम्पन्न एक भेलाले लायन्स क्लब गठन गर्ने निर्णय गरेको छ ।
स्थानीय एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न एक भेलाले कर्म भुमी अमेरीका र जन्म भुमी नेपालको सामुदायीक बिकासको सहयोगार्थ लायन्स क्लब मार्फत गोलबन्द भएर जाने निर्णय गरेका हुन् ।
स्थानीय जोशन श्रेष्ठको सकृयतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब नेपालका डिष्टीक ३२५ ए वानका सल्हाहकार सुजन श्रेष्ठले क्लब गठन गर्न तयार गर्नुपर्ने पुर्वाधारहरु, यसका नियम कानुन तथा महत्व र सहभागीहरुको जिज्ञासालाई प्रष्ट्याएका थिए । कार्यक्रममा लायन्स क्लब पूर्व अध्यक्ष भुषणलाल श्रेष्ठले लगायत अन्य सहभागीहरुले आनो अनुभव सुनाएका थिए ।
सन् १९१७ मा अमेरीका चिकागोका एक ब्यापारीको सकृयतामा स्थापना भएको यस क्लबको संजाल अहिले बिश्वको २१० देशमा फिजिएको छ । कुनैपनि स्थानमा न्यूनतम २० जना सदस्य बनाए र सम्बधित डिष्टीकमा निवेदन दिएपछि यसको आधिकारीक प्रकृया अगाडी बढ्छ ।
भेलाले आगामी जुन ११ सम्ममा यसमा गोलबन्द हुन चाहने सबैलाई जानाकारी गराई सदस्यता संकलन गरि सोही दिन कार्य बिभाजन सहित क्लबको आधिकारिक प्रकृया अगाडी बढाउने निर्णय गरेको छ ।