त्रिशूली गल्छी आयोजनाको विद्युत्, प्राधिकरण र सिद्धकाली पावरबीच खरीदविक्री सम्झौता

779 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं  । नेपाल विद्युत प्राधिकरण र सिद्धकाली पावर लिमिटेडबीच सिद्धकाली पावर कम्पनीमा आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । यसअघि नै आयोजनामा ८० प्रतिशत अपी पावर कम्पनी लिमिटेडले लगानी गर्ने निर्णय भइसकेको छ ।

७५ मेगावाट क्षमताको यस परियोजनाको कुल लागत रू १४ अर्ब ४० करोड ६० लाख र शेयरधनीको लगानी रू ४ अर्ब ३२ करोड हुने अनुमान छ । आयोजना निर्माणका लागि लक्ष्मी बैङ्कको अगुवाईमा सह वित्तीयकरण अन्तर्गत कर्जा प्रवाह imagerगर्न पनि सहमति भएको छ । परियोजनाको विस्तृत डिजाईनको काम डिजाईन ग्रुप प्रोजेक्ट कन्सल्ट्यान्टस, बैङ्गलोरद्वारा भएको छ ।

कम्पनीले यहि आर्थिक वर्षबाट नियमित रुपमा कम्तीमा १० प्रतिशत लाभांश उपलब्ध गराउने पनि जानकारी दिएको छ । कम्पनीले २०७३ बाट नै ७५ मेगावाटको त्रिसुली गल्छी र ८ मेगावाटको अपर नौगड गाढ जलविद्युत निर्माणमा लाने प्रस्ताव पास गरेको थियो । कम्पनीले हकप्रद शेयर जारी गरी उठाएको शेयर पूँजी नै नूवाकोटमा त्रिशुली गल्छी ७५ मेगावाट जलविद्युत आयोजना निर्माणका लागि प्रयोग गरिने जारी विज्ञप्तीमा भनिएको छ ।

काठमाडौंबाट ५६ किमी दूरीमा रेहेको यस आयोजनाको निर्माण पश्चात् उपत्यकाको लोडशेडिङ् कम हुने अपेक्षा गरिएको छ । निजी क्षेत्रबाट विकास गरिएको यो सबैभन्दा ठूलो आयोजना हो अर्थ दैनिकले खबर छापेको छ ।