पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुवेर पांच जना बेपत्ता

822 पटक पढिएको

सम्पादक: Dhadingnews.com

images vv

कुरिनटार,१ जेठ ( धादिङ न्युज) / चितवनको कुरिनटार स्थित त्रिशूली नदीमा पौडी खेल्नेक्रममा शनिवार दिउंसो ३ वजे तिर   पांच जना  नदीमा डुबेर बेपत्ता भएका छन् ।
चितवन जिल्लाको दारेचोक गाविस वडा नम्बर  ३ कुरिनटार स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा चितवन जिल्ला भरतपुर नगरपालिका वडा नम्बर ५ बौद्धिकनगर सापकोटा चोकका मनिषा रेग्मी, रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता रेग्मी र जनक रावत रहेका छन् ।
पौडी खेल्दै गर्दा एक जनालाई वगाएपछि उद्धारका लागि नदीमा पसेका अरु चार जनालाई पनि नदीले वगाएको सुचनाको आधारमा उनिहरुको खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय मुग्लीनका प्रहरी निरिक्षक लोकबहादुर गुरुङले जानकारी दिनु भयो । उनिहरुसंगै गएका अन्दाजी ९ बर्षका बसन्त रेग्मीले  सुचना दिएपछि प्रहरीले खोजी कार्य शुरु गरेको बताएको छ ।
नदीमा हराएका मध्ये चार जना नारायणगढबाट र जनक नाम गरेका किशोर काठमाण्डौबाट आएको बसन्तले बताएका छन । नदी किनारमा रहेका बसन्त रुदा रुदा बोल्न नसक्ने अवस्था भएकाले उनिहरुको बारेमा बिस्तृत बिवरण थाहा हुन नसकेको प्रहरी निरिक्षक गुरुङले बताउनु भयो । घट्नाको सुचना पाए लगतै प्रहरी र ससस्त्र प्रहरीको टोलीले नदीमा खोज तलास तिब्र पारेको ईलाका प्रहरी कार्यालय मुग्लीनका प्रमुख लोक बहादुर गुरुङले धादिङ न्युजलाई जानकारी दिनु भयो ।