क्यालिफोर्नियाको जंगलमा भिषण आगलागी

672 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

6(1)काठमाण्डौं, साउन ११ – अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहर नजिकैको जंगलमा भीषण आगो लागेको छ । आगलागीका कारण जंगल नजिकै रहेको बस्तीका १८ घर जलेर नष्ट भएका छन् भने सयौ मानिस बिस्थापित भएका छन् । आगलागीका कारण एक जनाको मृत्यु भएको छ भने राजमार्ग बन्द भएको छ । हावा तीब्र गतिमा चलिरहेकाले आगो निभाउन समस्या भएको र १३ हजार ३ सय हेक्टर जंगल सखाप भइसकेको अधिकारीहरुलाई उद्यृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । आगो निभाउनका लागि १ हजार ६ सय भन्दा बढी अग्नी नियन्त्रक परिचालन गरिएको छ । आगो तिब्र रुपमा फैलिरहेका कारण आसपासका एक सय भन्दा बढी व्यापारिक भवन खाली गराइएको छ । विमानबाट पानी हालिएपनि अत्यधिक गर्मी र तेज हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ । आगलागीका कारण शहरका विभिन्न भागमा धुँवाको मुस्लोले आकाश ढाकेको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहर नजिकैको जंगलमा भीषण आगो लागेपछि 

तस्वीर:बिबिसीबाट