सुबिसुधाको म्युजिक भिडियो ‘तप्कन खोज्छन्’ सार्वजनिक-

670 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पत्रकारिता र साहित्य लेखनमा सक्रिय सुबिसुधा आचार्यको काब्यसुधा गीतिसंग्रहमा संकलित ‘तप्कन खोज्छन्….’ बोलको आधुनिक गीतको म्यूजिक भिडियो आलाप रेकर्डिड• स्टुडियोले काठमाडौंमा एक कार्यक्रम बिच सार्वजनिक गरेको छ । सुमधुर स्वरका धनी मनोजराजको स्वर रहेको उक्त गीतमा झलक संगीतम् को संगीत रहेको छ भने म्यूजिक भिडियोको निर्देशन कमल वलीले गरेका छन् । कोरियामा सुटिङ गरिएको म्यूजिक भिडियोमा रोशन तथा कोरियन कलाकारहरू मिचेली, सड• मिन हिल लगायतले अभिनय गरेका छन् । सुबिसुधा हाल संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यमा रहेकी छिन् उनी एक सशक्त गीतकार र कथाकार हुन् । सुबिसुधाका यस भन्दा अगाडि रहस्यमय भोगाई कथा संग्रह, फ्रन्टपेज कथा संग्रह, अग्नियुद्द कथा संग्रह, म भित्रको म गिति संग्रह लगायत एक दर्जन बढि कृतिहरू प्रकाशित छन् भिडियो हेर्नुस

https://youtu.be/GyMpCtPPQsY