रेडियो धादिङ पुर्नस्थापनाका लागि बुद्धिमान वाइबाले दिए एक लाख, अभियानमा ऐक्यवद्धता बढ्दै

780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13344588_1222428167775423_5227772547593386902_nसामुदायिक बन क्षेत्र मिचेर भवन वनाएको आरोप लगाउंदै स्थानीय प्रशासन र जिल्ला वन कार्यालयले मध्यरातमा आतंककारी शैलीबाट हमला गरी ध्वस्त पारेको रेडियो धादिङको पुर्नस्थापनाका लागि अभियान शुरु भएको छ ।
धादिङ न्यूज डट कमका कार्यकारी निर्देशक बुद्धिमान वाईवाबाट शुरु भएको यस अभियान प्रति ऐक्यवद्धता जनाउनेहरु बढ्दै गएका छन । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटार नजिकैको अमरावती सामुदायीक बनको खाली जग्गामा वन समुहको स्विकृतिमा वनाईएको रेडियो प्रशारणको भवन स्थानीय प्रशासनको संरुक्षणमा जिल्ला वन कार्यालयले मध्यरातमा भत्काएकोमा सो घटनाको निन्दा गर्दै जनाउँदै धादिङको नलाङ गाविस वडा नम्बर ६ नयाँबस्ति घरभई हाल अमेरिकामा रहंदै आउनु भएका पत्रकार वाइबाले रेडियो धादिङको पुर्नस्थापनाका लागि १ लाख सहयोग गर्ने घोषणा गर्नु भएको हो । तामाङ रेडियो धादिङको स्थापना कालदेखिनै तामाङ भाषाको समाचार र कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्थ्यो । रेडियो धादिङलाई स्थापित गराउन वाइबाले पनि निकै मेहनत गर्नु भएको थियो ।
वाईबाको उक्त घोषणालाई धेरैले सकारात्मक कार्य भन्दै जंगली शैलीबाट ध्वस्त पारिएको रेडियो धादिङको भवन र उपकरण खरिद गरी रेडियो पहिलेकै अवस्थामा चलाउन सहयोग गर्न धेरैले चासो देखाएका छन ।
दुई बर्ष देखि अमेरीकामा बस्दै आउनु भएका वाइबाले रेडियो धादिङको भवन पुनरस्थापनाको लागी १ लाख सहयोग गर्ने बताए लगत्तै जापानमा कार्यरत रेडियो नमोबुद्ध एफ एम काभ्रेका कार्यक्रम संयोजक चमार सिङ तामाङ ( चसिला वाईबा तामाङ)ले ११ हजार १ सय ११ रुपैया,यसैगरी मलेसियामा कार्यरत धादिङ सत्यदेवीका सन्तवहादुर तामाङ (मुक्तने)ले ५० हजार रुपैया आर्थिक सहयोगको घोषणा गरि रेडियो धादिङ पुर्नस्थापना सहयोगका लागि अभियानलाई समर्थन जनाउनु भएको वाइबाले जानकारी दिनु भयो ।
विदेशी दाताहरुसंग सहयोग लिएर बनक्षेत्र क्षेत्र भित्र भवन वनाउनु गलत भएको भन्दै धादिङका वन अधिकृतले रेडियो धादिङको भवन र उपकरण क्षती गर्नुको औचित्उ पुष्टि गनै खोजेपनि पौडेलको जंगली शैलीको व्यवहार प्रति अहिले चौतर्फी विरोध भईरहेको छ ।
धादिङ जिल्लाको पहिलो सामुदायिक रेडियो,जसले गरीब दीनदुस्खीहरुको आवाजलाई आफ्नो आवाज बनायो, जसको समाचारको प्रभावले आर्थिक अभावका कारण उपचार हुन नपाएकी २७ सन्तानकी आमाको उपचार सम्भव गरायो,जहाँ पहिलो पटक पश्चिमी तामाङ भाषामा समाचार र कार्यक्रम प्रसारण भयो अनी पहिलो पटक लोपोन्मुख चेपाङ भाषामा कार्यक्रम र समाचार प्रसारण गरियो, हो उही समुदायको लागि समुदायको आवाजलाई आफ्नो नारा बनाएर लाखौंं श्रोतामाझ परिचित रेडियो धादिङ १०६ मेगाहर्जको भवन माओवादी सरकारले आतङ्ककारी शैलीमा मध्यरातमा भत्काएको समाचार पढेर असाध्यै दुस्ख लागेको पोष्टमा लेखेका छन् । डिएफओ साुबले भने जस्तै सामुदायिक वनभित्र रेडियो स्टेसन रहेको भएर नभै राजनैतीक प्रतिशोधका कारण भत्काइएको भन्ने छर्लङ्ग देखियो । तर ख्याल राख, रेडियो धादिङले एमालेको बोली कहिल्यै प्रसारण गरेन, सिवाय समुदायको आवाज, हिंसापीडित महिलाहरुको आवाज, सेर्तुङ, तिप्लिङ जस्तो विकट बस्तिको समुदायको आवाज, आगरा खोलामा गिट्टी कुटेर सन्तानको सुखद भविष्य कोर्ने गरीब तामाङ दाईको आवाज । त्यसैले यही आवाज बोकेर रेडियो धादिङ फेरी बज्नु पर्छ, समुदायको आवाजलाई फेरी बुलन्द पार्नुपर्छ। म यही सामाजिक सन्जालबाट रेडियो धादिङ पुनर्स्थापनाका लागि नगद एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। आबश्यक समयमा रेडियो संचालक समितिले सम्पर्क गर्नुहुनेछ भन्ने आश लिएको छु वाईबाले आफ्नो फेसबुक वालमा लेख्दै रेडियो भत्काएर उपकरण नष्ट गरेकोमा चिन्ता व्यक्त गर्दै सहयोगको घोषणा गर्नु भएको हो ।