लाइन बसेर महिला कामदारले मालिकलाई दैनिक चुम्बन गर्नुपर्ने,

589 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

china-boss_flnjfr35lg  मानिसका स्वभाव फरक फरक हुनु स्वभाविक हो । जस्ले गर्दा मानिसले एक अर्कालाई चिन्ने मौका पाउंछ । तर समाजमा  केही यस्ता मान्छे पनि भेटिन्छन जस्को स्वभाव निकै महत्वाकांक्षी मात्रै हुंदैन अरुले थाहा पाउंदा लाजमर्दो र घृणित हुने गर्दछ । चीनको एक व्यवसायीको यस्तै विवादास्पद नियत वाहिर आउंदा दुनियाँ छक्क परेका छन । चीनको बेइजिङस्थित एक कम्पनीका पूरुष मालिक प्रत्येक दिन महिला कामदारहरुलाई लाईनमा लगाएर किस गर्न लगाउँछन्। यसरी महिला कामदारहरुलाई किस गर्दै गरेको उनको भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि अहिले यस कार्यको सर्वत्र विरोध भएको छ। कर्पोरेट कल्चर बिस्तार गर्न र कामदार तथा व्यवस्थापकबीचको सम्बन्ध सुधार्ने बहानामा उनले यस्तो तरिका अपनाएका हुन्। चीनको राजधानी बेइजिङस्थित टोङ्झू जिल्लामा रहेको  घरेलु मदिरा उत्पादनका लागि आवश्यक मेसिन बिक्री गर्ने  कम्पनीमा काम गर्ने महिला कामदार प्रत्येक दिन यसरी मालिकलाई लाईनमा बसेर किस गर्छन्। चाइना प्रेसका अनुसार महिलाहरु यस कार्यमा अनिच्छुक भएपनि जागिर सुरक्षित गर्नका लागि मालिकको चाहना पुरा गर्न बाध्य छन्। रोचक कुरा के छ भने उनले सम्बन्ध सुधारका नाममा  गालामा नभएर महिलाहरुलाई ओठमा चुम्बन गर्न लगाउँछन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार यस कम्पनीका केवल २ महिला कामदारले मात्रै आफ्ना मालिकलाई चुम्बन गर्न अस्विकार गरे। उनीहरुले जागिरबाट राजिनामा दिए। यस कम्पनीमा काम गर्ने कामदारमध्ये आधाभन्दा बढी महिला छन्। सञ्चारमाध्यम र सर्वसाधारणले यस कार्यको विरोध गरेपछि कम्पनीका यि मालिकले अमेरिकाको एक कम्पनी भ्रमण गरेपछि यस्तो काइदा सिकेको बताएका छन्। उनले दैनिक रुपमा यस्तो काम गर्दा कामदार तथा व्यवस्थापकबीच सम्बन्ध सुदृढ हुने दाबी गरेका छन्। मालिक र कामदारको सम्बन्ध पानी र माछाको जस्तो बनाउनका लागि यस्तो योजना लागू गरेको उनले बताएका छन्। केही महिला कामदारले कार्यालयमा नहुदाँ वि च्याटमा आफूलाई मिस गरेको  सन्देश पठाउने गरेको दाबी समेत उनले गरेका छन्। सामाजिक सञ्जालका लाखौं प्रयोगकर्ता यि मालिकको जवाफबाट सन्तुष्ट छैनन्। ‘कसरी यि महिला कामदारहरुले यस्तो स्विकार्न सक्छन ? के उनीहरुका श्रीमान् वा प्रेमिलाई यो थाहा छ ?  चीनको लोकप्रिय समाजिक सञ्जाल विइबोका एक प्रयोगकर्ताले लेखेका छन्। ‘म यि महिला कामदारलाई सोध्न चाहनुछ। के तिमीहरुसँगै पैसा छैन्? के जागिर परिवर्तन गर्दा तिमीहरु भोकै हुन्छौ।’ अर्का प्रयोगकर्ताले टिप्पणी गरेका छन्। केही व्यक्तिहरुले भने काम गर्ने महिला कामदार नै मुर्ख रहेको प्रतिक्रिया दिएका छन्।’यि मालिक परफेक्ट छन्। मुर्ख त काम गर्नेहरु हुन्।’ एक व्यक्तिले लेखेका छन्।