आफ्नै आमा र छोराको प्रेम सम्बन्ध -एक अर्काको प्रेममा पागल भए जोडी

775 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी / डेली मेल न्यू मेक्सिको । न्यू मेक्सिकोमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । ३६ वर्षीया आमा आफ्नै १९ वर्षे छोरासँग प्रेम सम्बन्धमा भएको खबर खुल्न आएको छ । सँगै बस्नका लागि आफूहरु कुनै पनि जोखिम मोल्न तयार भएको यो जोडीको भनाई छ ।मोनिका मेर्स, ३६, उनका छोरा क्यालेब पिटरसन, १९, लाई मन पराएका कारण उनलाई १९ महिनेको जेल सजायँ तोकिएको छ ।

तर यी आमा र छोराको जोडीले आफूले शारिरिक सम्बन्ध राख्न पाउनुपर्ने अधिकारका लागि लड्ने बाचा बाँधेका छन् । उनीहरुले यसका लागि मानिसहरुबाट चन्दा उठाउने जमर्को गरिरहेका छन् । डेली मेलसँगको अन्तर्वार्तामा उनीहरुले आफूहरु सँगै बस्नका लागि कुनै पनि जोखिम मोल्न तयार भएको बताए । उनीहरुले मानिसहरुमाझ ‘जेनेटिक सेक्सुअल अट्र्याक्सन (जिएसए)’ बारे चेतना दिन मानिसहरु माझ जाने समेत बताए ।

जिएसए एउटा यस्तो स्थिती हो जसका कारण मानिस नजिकको नाता, आमा बुवा र बालबच्चा, फुपू र मामाको छोराहरुसँग आकर्षित हुने गर्दछ । यसका लागि उनीहरुको भेट एक परिवारको सदस्यको रुपमा नभई, वयस्कको रुपमा हुन्छ । मेर्स भन्छिन्, ‘ऊ मेरो जीवनको प्रेम हो र म उनलाई गुमाउन चाहन्न । मेरा बच्चाहरुले उनलाई मन पराउँछन्, मेरो पूरै परिवार हाम्रो साथमा छ । हाम्रो बिचमा केही पनि आउन सक्दैन, न अदालत, न जेल ।’

‘म ऊ सँगै हुनुपर्छ । जब म जेलबाट बाहिर निस्कनेछु म क्लोभिस राज्यमा बसाईं सर्नेछु जहाँ हामी निर्धक्क साथ सँगै बस्न सक्छौं ।’हाडनाता करणी मेक्सीकोको ५० राज्यमा अपराधको रुपमा लिइन्छ तर यसका लागि भिन्न भिन्न कानून र नियम बनाइएको छ ।सन्तानकी आमा मेर्सले यदि उनले आफ्ना प्रेमीलाई छाने आफ्ना अरु सन्तानलाई भेट्न नपाउने भनिएतापनि उनी यसो गर्न तयार रहेको बताइन् । क्लोभिस र न्यू मेक्सिकोमा छुट्टा छुट्टै बस्दै आएका यो जोडीलाई एक अर्कासँग भेट्न र कुनै पनि संवाद गर्न अदालतले रोकेको छ । उनीहरु भेट गत वर्षको अन्त्यतिर भएको थियो ।

मेर्सले १६ वर्षको हुँदा पिटरसनलाई जन्म दिएकी थिइन् । उनलाई एक जोडीले धर्मपुत्रको रुपमा राखेका थिए । धर्मपुत्र हुनुपूर्व उनको नाम कार्लोस थियो । पिटरसनलाई नहुर्काएकी मेर्सले उनी १८ वर्षको हुँदा क्रिसमसका बेला पहिलो पटक भेटेकी थिइन् । फेसबुकमा कुराकानी भएपछि उनले पिटरसनलाई उनको धर्मपिताको घरबाट आफ्नो घरमा ल्याएकी थिइन् । यो जोडीमा तत्काल रोमान्टिक भावना पैदा भयो जसका कारण भेटेको केही हप्ता पछि नै उनीहरुको शारिरिक सम्बन्ध भयो । हाम्रो संचारबाट