दुइ गिलास पानीले घटाउन सकिन्छ वजन

895 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2-glasses-of-waterदुइ चार किलो वजन कम गर्नका लागि डाइट मात्रैले पुग्दैन यसको लागि थोरै प्रयास पनि जरुरि हुन्छ। तपाई आफ्नो वजन कम गराउन चाहनुहुन्छ भने तपाइको लागि सबैभन्दा सस्तो सजिलो उपाय बन्न सक्छ केवल दुइ गिलास पानी। जान्नुहोस कसरि घटाउन सकिन्छ दुइ गिलास पानीले वजन।

स्वास्थ्य देखि सौन्दर्य सबैको लागि गुणकारी मानिने पानी हरेक सजिवका लागि अत्यावश्यक पदार्थ हो। यहि पानिलाई थोरै तातो गरेर प्रयोग गर्ने हो भने शरीरको लागि अझ लाभदायक साबित हुन सक्छ।

प्रत्येक पटक खाना/खाजा खानु भन्दा आधा घण्टा अगाडी दुइ गिलास पानी खानुहोस। सोधमा पनि प्रमाणित भैसकेको कुरा हो कि खानु भन्दा आधा घण्टा अगाडी दुइ गिलास पानी खानाले तपाईको भोक कम हुन्छ र तपाई खानामा कम क्यालोरीको सेवन गर्नुहुन्छ। यसो गर्दा यदि तपाई दिनमा तिन पटक भोजन गर्नुहुन्छ भने दुइ गिलास पानीले तपाई एक देखि दुइ किलो वजन नियन्त्रण गर्न सक्नुहुन्छ। यसले तपाईलाई कुनै साइड इफेक्ट पनि हुदैन।

तपाइको वजन तपाईको खानामा पनि भर पर्छ। यदि तपाई ज्यादा खुराक लिनुहुन्छ र शारीरिक रुपले सक्रिय रहनुहुन्न भने तपाईको वजन बढ्छ नै।

यदि तपाई साच्चै नै आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने तपाईले आफ्नो खानपिनमा पनि कन्ट्रोल गर्न सक्नुपर्छ। तपाईले कम क्यालोरीयुक्त र कम चिनीयुक्त पेय तथा कम चिल्लोयुक्त खाना खानु उपयुक्त हुन्छ। यसका साथै चिनियुक्त बोतल बन्द पेय वा खाद्यसामाग्री बाट टाढा नै रहनु राम्रो हो।