आत्रेय गोत्रीय दुवाडीहरु संगठीत

821 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

img_1131चितवन-देशभर छरिएर रहेका आत्रेय गोत्रीय दुवाडीहरु संगठीत भएका छन । संगठित रुपमा सामाजिक सेवामा लाग्ने उद्येश्यका साथ चितवन जिल्लाको रत्ननगर १ टाँडीमा प्रथम साधारणको साथमा देशैभरका दुवाडी बन्धुहरुको भेला गरि आत्रेय गोत्रीय दुवाडी सेवा समाज गठन गरिएको हो ।
साधारणसभाबाट राममणी दुवाडीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रिय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा प्रेमनाथ दुवाडी सचिवमा कृष्ण प्रसाद दुवाडी, कोषाध्यक्षमा भेषराज दुवाडी सहित धादिङ, गोरखा र चितवनबाट २/२ जना प्रतिनिधित्व रहने गरि केन्द्रिय सदस्यहरु चयन भएका छन ।
साधारणसभाले दुवाडीहको बंशावली निर्माण गर्ने, चितवनको देवघाटमा पितृस्मारक भवन र कुलदेवता मन्दिर निर्माण गरि बार्षिक रुपमा सामुहिक कुलपुजा गर्ने लगायतका निर्णयहरु गरेको छ ।
साधारण सभाले देशभर छरिएर रहेका दुवाडी बन्धुहरुको बंशावली तयार पार्नको लागि बंशावली निर्माण समिति गठन गरेको छ । त्यसैगरि बार्षिक रुपमा सामुहिक कुलपुजा गर्नको लागि पुजा ब्यवस्थापन समिति, दुवाडीको इतिहास र हालसम्म दुवाडी सेवा समाजले गरेको कार्यप्रगतीहरु समेटेर स्मारिका निकाल्नको लागि स्मारिका प्रकाशन समिति पनि निर्माण गरेको छ ।
साधारण सभाकै अवसरमा चितवनको देवघाटमा पितृस्मारक भवन तथा सामुहिक कुलपुजा गर्ने मन्दिर निर्माणको लागि कोषाध्यक्ष भेषराज दुवाडीले १ लाख १ हजार, अध्यक्ष राममणी दुवाडीले ५५ हजार ५ सय ५५, बैङकर तथा केन्द्रिय सदस्य गोकर्ण दुवाडीले ५१ हजार, चिकित्सक एवं आत्रेय गोत्रीय दुवाडी सेवा समाजका सल्लाहकार भृगुऋषी दुवाडीले ५१ हजार र केन्द्रिय सदस्य टंकनाथ दुवाडीले ५१ हजार रुपैया सहयोग गर्नुभएको छ ।
आगामी पुस महिनाभित्र दुवाडीहरुको बसोबास रहेको जिल्लामा सदस्यता विस्तार गर्दै शाखा समिति गठन गरि दुवाडी बन्धुहरुलाइ एउटै छातामुनी ल्याइने पनि साधारण सभामा बताइएको छ ।