सच्चिने भो बृहत् नेपाली शब्दकोश

2150 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepali-sabdakosकाठमाडौँ, २ मंसिर। नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याइने  भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक परिषद् बैठकले सो निर्णय गरेको हो । आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भए पनि त्यो विवादास्पद बनेको हुँदा सबैले स्वीकार्ने गरी व्याकरण बनाइने बताए ।

नेपाली भाषा बचाउ आन्दोलन लगायतले मानक नेपाली भाषाको मौलिकतामा प्रहार गर्न नहुने भन्दै आवाज उठाएपछि प्रतिष्ठानले यसबारे पुनरवलोकन गर्न भाषाविद् प्रा डा चूडामणि बन्धुको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । प्रतिष्ठानले सरोकार भएका पक्षसँगको समन्वय तथा छलफलबाट समयसापेक्ष नेपाली भाषाको वर्णविन्यास परिवर्तनका लागि प्रयत्न गरेपछि सोसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।