logo

छोरीको विहेमा खर्च ५ अर्ब,२८ करोडको साडी

1036 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

marridgeबेंगलोर ।  दक्षिण भारतका प्रभावशाली व्यवसायी एवम पूर्व मन्त्री जनार्दन रेड्डीले पाँच दिनसम्म चल्ने आफ्नो छोरी ब्रम्हाणीको बिहेका लागि ५ अर्ब भारतीय रुपैयाँ खर्च गर्दैछन् भन्ने समाचार छ ।

भारतको चर्चित ‘आइरन’ घोटाला काण्डमा ३ वर्ष जेल परिसकेका रेड्डीले छोरीको बिहेको निमन्त्रणामा सुनले जलप लगाइएको छ। बिहेमा ५० हजारभन्दा बढी व्यक्ति सहभागी हुने अनुमान गरिएको छ। जसमा उनले अतिथीको बसोबासका लागि पाँच तारे होटलमा १५ सय कोठा यसअघि नै बुक गराइसकेका छन्।

अतिथीहरूको सुविधाका लागि २ सय वटा महंगा गाडी ओहोर–दोहोर गर्न र भिभिआइपीका लागि हेलिकोप्टरबाट ल्याउने सुविधाका लागि १५ वटा हेलिप्याडको निमार्ण गरिएको छ।

रेड्डीले गर्न लागेको खर्चिलो बिहेलाई लिएर आलोचना पनि भइरहेको छ। रेड्डीले स्पष्टीकरण दिने क्रममा आफूले बेङ्लोर र सिङ्गापुरको प्रोपर्टी बेचेर छोरीको बिहे गर्न लागेको बताएका छन्। उनले छोरीको बिहे तय भएलगत्तै ६ महिना अघि नै विवाहमा लाग्ने सम्भावित खर्च सम्बन्धित व्यक्तिलाई भुक्तानी गरिसकेको बताइएका छन्।

बीबीसीका अनुसार, रेड्डीको छोरीको बिहेमा बलिउड कलाकारले पनि नृत्य प्रदर्शन गर्दैछन्। बिहेका लागि बेङ्लोरको प्यालेस ग्राउन्डमा केही महिनादेखि तयारी सुरु भइसकेको थियो। बिहेको सेट बनाउन मात्र बलिउडका ८ निर्देशक खटेका थिए। बिहेको समारोहमा सुरक्षाका लागि ३ सय जना बाउन्सर, ३ सय सुरक्षाकर्मी खटिने बताइएको छ। यस्तै, सुरक्षाकर्मीलाई कुकुर र बम निरोधक दस्ताले पनि सघाउने छन्।

बिहेको अनुमानित कूल खर्च रकम  ८ अर्ब रुपैयाँ मध्ये सुनको जलप लगाइएको कार्डका लागि १ करोड ६० लाख,बेहुलीको साडीका लागि २८ करोड, आभूषण निम्ति १ अर्ब ४४ करोड रुपैयाँ खर्च हुनेछ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic