२५ सय डलरको ल्यापटप ३० डलरमा !

732 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


feee434c05cdcb9ca12119d798523649

 

मेक्सिको: मेक्सिकोमा अधिकारीहरुले कम्प्यूटर कम्पनी डेललाई आफ्नो विज्ञापनमा देखाइए अनुसारको वाचा पुरा गर्न आदेश दिएको छ।

 यो आदेशपछि डेलले आफ्नो गल्तीले देखाएको एक विज्ञापन अनुसार अब २५०० डलर पर्ने ल्यापटप केबल ३० डलरमा दिनुपर्ने भएको छ।

गल्तीले अनलाइनमा प्रकाशित भएको विज्ञापनका कारण विश्वचर्चित डेल कम्पनीले आफ्नो महँगो मूल्यको ल्यापटप ग्राहकलाई कौडीको भाउमा दिनुपरेको हो ।

त्यस विज्ञापनमा कम्पनीले उसको महँगो मूल्यको ल्यापटप लगभग ३० डलरमा किन्न सकिने देखाएको थियो ।

जब यस अमेरिकी कम्पनीले आफूबाट गल्ती भएको महसुस गर्यो त्यसपछि यो विज्ञापनलाई हटाइदियो । तर उप उपभोक्ताहरुले मेक्सिको उपभोक्ता एजेन्सीमा उजुरी गरेपछि डेल अफ्ठ्यारोमा पर्यो ।

उपभोक्ताको उजुरीलाई समर्थन गर्दै एजेन्सीले डेललाई विज्ञापन अनुसारको वाचा पुरा गर्न आदेश दिएको हो ।

मेक्सिको उपभोक्ता एजेन्सीको आदेश अनुसार डेलले ३० डलरमा बेचिरहेको ल्यापटपको खास मू‍ल्य भने २५०० डलर पर्न आउँछ ।

डेलले सफ्टवेयरमा आएकव गडबडीका कारण विज्ञापनमा ल्यापटपको मूल्यको स्थानमा केवल ढुवानीको खर्च छापिएको थियो । तर, यही कारण डेल मेक्सिकोमा नराम्ररी फस्न पुगेको छ कारोवार डेलिमा खबर छ ।