दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने बुद्धकुमार लामा पक्राउ

613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- दुबईमा आकर्षक तलव पाउने कम्पनीहरुमा पठाईदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली भिषा समेत देखाई ठगी गर्ने काभ्रे कात्तिके देउराली–१ घर भई हाल लाजिम्पाट बस्ने बुद्धकुमार लामालाई शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ।

लामाले सिन्धुली बेलघारी–४ का गितिन्द्र बहादुर ठकुरी समेत ५ जनाबाट १० लाख रुपैयाँ, काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने कविन शाही समेत ७ जनाबाट ११ लाख, डडेलधुरा ओमरगढी–१ का दिल बहादुर तमोलीबाट १ लाख ९२ हजार, बविता काजु र कविता श्रेष्ठलाई युरोपका आकर्षक तलव पाउने देशहरुमा पठाईदिने भनी ३ लाख, राकेश प्रधान, जनकलार पौडेललाई फ्रान्समा पठाईदिने भनी ५ लाख ५० हजार, खगेन्द्र गुरुङलाई आबुदावीमा क्रुजमा पठाउने भनी २ लाख समेत गरी जम्मा ३३ लाख ४२ हजार लिई सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ।

लामालाई खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लाजिम्पाटबाट पक्राउ गरी थप कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौमा पठाएको छ।