कक्षा ११ को नजिता प्रकाशित, ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण

633 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

national-exam-board-58527fd48cb097-39272802काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड (तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद) ले गत जेठमा सञ्चालन गरेको कक्षा ११ को नियमिततर्फको परीक्षाफल प्रकाशित भएको छ। परीक्षामा ५१ दशमलव ७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।

बोर्डले विहीबार नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ २ लाख ६६ हजार एक सय तीन जना सहभागी भएका थिए । ती मध्ये एक लाख ३६ हजार ६ सय ६५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । ३३ जना परीक्षार्थीको नतिजा रद्द गरिएको पनिकाले जनाएको छ ।

आंशिकतर्फ सहभागी भएका परीक्षार्थीको नतिजा भने गत मंगलबार सार्वजनिक भएको थियो ।