कान्छीको सुनसान रातमा लेखेको काहानी

989 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sherpini
शेर्पिनी कान्छी “नीम”

               शेर्पिनी कान्छी उर्फ नीम शेर्पाद्वारा लिखित “सुनसान रातमा लेखेको काहानी हरायो” बोलको गजलको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ। उक्त गजलमा प्रसिद्ध गायक आनन्द कार्की र गायिका संजिवनिको स्वर रहेको छ। शेर्पिनी कान्छीको शब्द तथा शिखर सन्तोषको संगीत रहेको उक्त गजलको अडियो भीडीयोलाई आनन्द इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । अनिल र प्रियंकाको अभिनय रहेको यस म्यूजिक भीडीयोलाई दिपेन्द्र के.सी.ले निर्देशन गरेका हुन् भने यसको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । तेस्तै गरि क्यामेराको भूमिकामा रामकुमार के.सी. र सुदिप बराल रहेका छन।

                 लामो समय देखी गीत गजल लेखनमा अभ्यस्त कान्छीले हाल सम्ममा दर्जन भन्दा बढी गीत गजल रेकर्ड गराइसकेकी छिन्। कान्छीको “नजुध्नु थियो नजर जुधेर बदनाम भएँ”, “पल पल गन्दै बिते महिना सालहरु”, “तिम्रो मेरो मनको नाता टुटे जस्तो लाग्यो”, “गरिबीको भारमा परी भएँ परदेशी”, “कुनै कुनै यादहरु भुल्न गाह्रो हुँदोरैछ”, “मुटु भरी माया छ बताउन सकिन, तिमी मेरै हौ भनी जताउन सकिन” जस्ता मर्मश्पर्शी गीत गजलहरुमा अन्जु पन्त, बिजय लामा, रन्जित रसाइली, गम्बु शेर्पा, शिखर सन्तोष आदिले आफ्नो स्वर पस्किसकेछन् भने अझै धेरै गीत गजल रेकर्डिङको तयारीमा रहेको बताउछिन्।

भिडियो हेर्नुहोस्