उमावि आचारसंहिता सबै जिल्लामा पुग्यो; पालना नगरे कार्बाही

890 पटक पढिएको

सम्पादक: Dhadingnews.com

HSEBकाठमाडौं, ७ असार। उच्चमाध्यामिक शिक्षा परिषद्ले हालै जारी गरिएको आचारसंहिता सबै जिल्लाका विद्यालयमा पुगेको जनाएको छ। परिषद्को काठमाडौँ कार्यालयद्वरा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का सहसचिव तथा अनुगमन समितिका संयोजक नारायण कोइरालाले आचारसंहिता पालना गर्न सबै उमाविलाई आग्रह गर्नुभयो।

आचारसंहितामा भर्ना प्रक्रिया, भड्किलो विज्ञापन, विदेशी नामकरण, नाउँ र ठाउँ परिवर्तन, पोसाकलगायत विषय समेटिएको छ ।
संयोजक कोइरालाले आचारसंहिता पालना नगरेको पाइएमा त्यस्ता विद्यालयको नाम सार्वजनिक गरिनाका साथै अन्य कारबाही गरिने चेतावनी दिनुभयो।  आचारसंहिताको अनुगमनका लागि गत जेठ ३१ गते परिषद्ले योजना तथा मूल्याङ्कन महाशाखाका प्रमुख कोइरालाको संयोजकत्वमो १३ सदस्यीय आचारसंहिता समिति गठन गरेको छ ।परिषद्का काठमाडौँ कार्यालयका प्रमुख जङ्गबहादुर अर्यालले मातहतका जिल्लामा आचारसंहिताको पुस्तिका उपलब्ध गराइएको बताउनुभयो।

गत वर्ष गठित कार्यदलले भदौ ३१ मा दिएको सुझावका आधारमा परिषद्ले तयार गरेको सो आचारसंहिता गत वर्ष असोज २८ गते शिक्षामन्त्री तथा परिषद्का अध्यक्षको निर्णयअनुसार जारी भएको हाम्रा कुरा डट कम अनलाइनले जनाएको छ ।