बच्चा पाउने उपयुक्त उमेर २० देखि ३० बर्ष

552 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sex_arthasansarस्वस्थ बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्मको उमेर हो । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ ।स्वास्थ्य अवस्थाका आधारमा ३५ वर्षसम्मका महिलाले राम्रोसँग बच्चा पाउन सक्छन् । त्यस्तै २० वर्षभन्दा कम उमेरका महिलाले पनि बच्चा पाउँदा जोखिम हुन्छ ।

महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै उत्तम हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्ता जन्मजात विकार आउने सम्भावना हुन्छ । बच्चा जन्माउने क्रममा १९ वर्षभन्दा कम उमेरका गर्भवतीको मृत्यु हुने जोखिम २० देखि ३० वर्षबीचका महिलाहरूमा भन्दा ६० गुणा बढी हुन्छ।

ढिलो बिहेले पुरुषको प्रजननशक्ति अर्थात् शुक्राणुमा कमजोरी आउँछ र यस्ता शुक्राणुमा गति पनि हुँदैन । बढी उमेरमा पुरुषको शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ  । यसबाट गर्भ रहन समस्या हुनुका साथै कमजोर बच्चा जन्मने सम्भावना हुन्छ । यस्तै, बढ्दो उमेरसँगै महिलाको अण्डाको गुणस्तरीयतामा पनि कमी आउँछ ।

बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ । उच्च रक्तचाप, मधुमेह वा थाइराइडजस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन् । यस्तै, उमेरखाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ ।