धादिङको सिम्लेबाट चालिस किलो चरेश सहित चार जना पक्राउ

984 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20170111_133231धादिङ,२७ पुस ः धादिङको भुमेस्थान गाविस वडा नम्बर ६ सिम्ले स्थित पृथ्वीराजमार्गबाट प्रहरीले ४० किलो तयारी चरेश बरामद गर्नुका साथै ओसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
पुस २६ गते राती ९.३० वजेको समयमा भुमेस्थान गाविसको वडा नम्बर ६ सिम्ले बजार स्थित पृथ्वीराजमार्गमा शंकास्पद ढंगबाट झोला बोकेर उभिएका व्यक्तिलाई देखेपछि प्रहरीले सोधपुछ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी नायव निरीक्षक लक्ष्मण पाठकको कमाण्डमा रहेको प्रहरी टोलीले चार जनालाई पक्राउ गरी खानतलासी गर्दा झोलामा चरेश फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पक्राउ परेकाबाट ४ वटा ब्यागमा गरी ठुलो ३४ वटा सानो २४ वटा गरी जम्मा ४० किलोग्राम चरेश र उनिहरुको साथमा रहेको १ लाख ६१ हजार २०० भारतीय रुपैया बरामद गरिएको धादिङका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियारले वताउनु भयो ।
netrawati-chhapakhanafront-5पक्राउ परेकाहरुमा भारत दरभंगा घर भइ दिल्ली वर्ष २० अकलेश कुमार भगत सोही स्थानका वर्ष १८ को सन्तोष पासवान यसैगरी भारत दरभंगा घर भइ रुपन्देही भैरहवा बस्ने वर्ष २८ की बिटु भन्ने मधु गिरी र धादिङ जिल्ला भुमेस्थान गाविस वडा नम्बर ७ वस्ने वर्ष ३४ को शम्भु रिजाल रहेका छन । पक्राउ परेकाहरुलाई बुधवार जिल्ला अदालतबाट म्याद थपि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ ।
netrawati-chhapakhanaback-5राजमार्ग क्षेत्रबाट लामो समयदेखी गाँजा तथा चरेश बिक्री बितरण हुंदै आएको भन्ने सुनिएपछि रातीको समयमा प्रहरीले गस्ति बढाई खोजी कार्य गर्दै आएकोमा मंगलवार प्रहरीले ठुलो परिणामको चरेश बरामद गर्न सकेको प्रहरी नायव उपरिक्षक पञ्जियारले वताउनु भयो ।