logo

हेलिकोप्टरसँग अम्बिकाको विवाह

653 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dog-marriageकाठमाडौं । भारतको मध्यप्रदेशस्थित श्योपुर जिल्लामा दुई कुकुरको हिन्दु परम्पराअनुसार विवाह गराइएको छ । एक निःसन्तान एकल महिला शारदा जोशीले आफ्नो घरमा पालेका दुईवटा कुकुरबीच धुमधामसँग विवाह गरिदिएकी हुन् । उनले ती कुकुरलाई आफ्नो बच्चाजस्तै माया गरेर पाल्दै आएकी थिइन् । भाले कुकुरको नाम हेलिकोप्टर र पोथी कुकुरको नाम अम्बिका हो ।

विवाहमा हेलिकप्टर र अम्बिकालाई नयाँ कपडा लगाइदिएर ब्याण्ड बाजासहित सहर परिक्रमा गराइएको थियो । विवाहपछि हल्का भोजको पनि आयोजना गरिएको थियो । विवाहमा भव्य नाच पार्टी पनि चलेको थियो ।

केही वर्षअघि लोग्नेसँग सम्बन्ध विच्छेद गरी एक्लै बस्दै आएकी शारदाले केही दिनअघि स्थानीय केही युवाहरुसँग कुकुरको विवाहका लागि कुरा गरेकी थिइन् । त्यसपछि ती युवाहरुले कुकुरको बिहेका लागि झण्डै पाँच हजार भारु चन्दासमेत संकलन गरेका थिए ।

-राजधानीबाट


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic