नुवाकोटमा मध्यपहाडी लोकमार्ग निर्माणमा अवरोध

2163 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

b9ebcf3d378012489f216ba53cd44401

नुवाकोटः पुष्पलाल मध्यपहाडी लोकमार्गको विस्तारको क्रममा नुवाकोटको ढिकुरेदेखि गंगटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै काममा अवरोध पु¥याएका छन् ।

सडक विस्तारले भूकम्पबाट पीडितले सडक छेउमा निर्माण गरेको बस्तीहरु अतिक्रमण पर्ने र त्यसको मुआब्जा समेत नदिएको भन्दै सडक विस्तार गर्न रोक लगाएका छन् ।

सडक विस्तारले विस्थापित हुने बासिन्दाहरुले गंगटे–ढिकुरे मध्यपहाडी सङ्घर्ष समिति गठन गरी चरणबद्ध आन्दोलनको क्रममा पहिलो चरणमा काममा अवरोध पु¥याएको संयोजक नारायण अधिकारीले बताए कारोबार डेलिमा खबर छ ।

“ढिकुरेदेखि गंगटेसम्म करिब सात किलो मिटर सडकको विस्तारमा एक सय भन्दा बढी परिवारको भएको सम्पत्ति र आवास गुमाउनु पर्छ ” संयोजक अधिकारीले भने “मुआब्जा नदिए बैकल्पिक स्थान खोज्नुपर्छ ।”

सङ्घर्ष समिति प्रमुख जिल्ल्ला अधिकारी विष्णुप्रसाद पोखरेलाई ज्ञापन पत्र बुझाउदै माग बारे जानकारी गराउँदै सम्बोधनको लागी आग्रह गरेका छन् । मध्यपहाडी लोकमार्गको कार्यालय जिल्लामा नहुदाँ माग सम्बोधन तथा छलफलमा समस्या भएको प्रजिअ पोखरेलले बताए ।

“राष्ट्रिय गौरवको आयोजनामा अवरोध पुर्‍याउन हुँदैन”, पोखरेलले भने, “स्थानीयवासीको मागको पनि सम्बोधनको लागी छलफल गराएर समाधानको प्रयास गर्नेछौँ ।”

पुष्पलाल मध्येपहाडी लोकमार्गको विस्तारको क्रममा खानीगाँउको ढिकुरेदेखि गंगटेसम्म सडकको लागि छुट्टाउनुपर्ने जग्गामा समेत अन्योल रहेको छ ।

सडक विस्तारका क्रममा दायाँबायाँको छोड्नुपर्ने जग्गाको क्षेत्रफल कति मिटर भन्ने अन्योल रहँदा आवास निर्माणमा समस्या आएको सडक विस्तारबाट प्रभावित प्रकाश अधिकारीले बताए ।