जनजागृति मा.बि को अध्यक्षमा गोकर्ण रुपाखेती सर्वसम्मत

991 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

15941119_10208178313111184_6015342379189707612_nधादिङको थाक्रे गाविस वडा नम्बर ३ महादेववेशीमा रहेको जनजागृति माध्यमिक विद्यालयको पुस २९ गते सम्पन्न अभिभावक भेला बाट विद्यालयका संस्थापक प्रधानाध्यापक गोकर्ण रुपाखेती विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत निर्बाचित हुनुभएको छ ।
मच्छिन्द्र मा.वि खानिखोलाका श्रोतकेन्द्रका श्रोत व्यक्ति तुलसीराम खनालको प्रमुख आतिथ्य एवं विद्यालयका संस्थापक, सल्लाहकार समितिका संयोजक नेत्रराज पौडेलको विषेश आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विद्यालयको भावि ५ बर्ष भित्र जिल्लाको नमुना विद्यालयको स्थापित गर्ने योजना सहित आर्थिक एवं प्रगती प्रतिवेदन पेश गरिएको थियो ।
IMG_1638अभिभावक भेलाले नयाँ शिक्षा नियमावली अनुसार नयाँ विद्यालय व्यवस्थापन समितिको निर्वाचन गरेको हो । जसमा गोकर्ण रुपाखेतीको अध्यक्षतामा कुमार विश्वकर्मा, मनकुमारी थापा, सञ्चिता थापा, जमुना सुवेदी, रबि प्रकाश ओझा र उर्मिला राई लाई सर्वसम्मत चयन गरेको हो ।