फार्मबाट ५ सय गाई चोरी

729 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

janata-2639 (1)
एजेन्सी ।
न्युजिल्यान्डको केन्टबरीमा रहेको एक फार्मबाट ५ सय गाई चोरी भएको छ ।

गाई चोरीको खबरसँगै प्रहरी यस घटनाको जाँचमा लागेको बीबीसीले जनाएको छ । गाई कहिलेदेखि हराए भन्ने विषयमा कसैसँग ठोस जानकारी भने छैन । गाई चोरी भएको जानकारी प्राप्त भएसँगै प्रहरीले खोजी तीव्र बनाएको हो ।

यसरी एकैपटक ५ सय गाई चोरी हुनु सम्भव नरहेको प्रहरी भनाइ  छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले गाईहरु निश्चित एकै समयमा पटकपटक गरी चोरी भएको हो ।

चोरी भएका गाईको मूल्य करिब ४ करोडको हाराहारीमा रहेको अनुमान गरिएको  छ । पीडित किसानका एक मित्रले बताएअनुसार घटनाप्रति उनी आश्चर्यचकित हुनुका साथै लज्जित महसुस भइरहेको एसोसिएटेड प्रेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस्तो घटना यसअघि कहिल्यै नसुनेको स्थानीयवासीको भनाइ छ । यस फार्ममा रहेको १३ सय गाईको संख्या पछिल्लो समय जुलाईमा गणना गरिएको थियो । न्युजिल्यान्डमा करिब १ करोड गाई छन् ।