घुसखोरी गरेको अभियोगमा पूर्वमन्त्री पक्राउ

614 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

5621जाकर्ता, – इन्डोनेसियाका एकजना पूर्वमन्त्रीलाई घुसखोरी गरेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको छ । हाल संवैधानिक अदालतमा न्यायाधीशका रुपमा कार्यरत पट्रिअलिस अकबर सन् २००९ देखि २०११ सम्म कानुन तथा मानवअधिकार मन्त्री बन्नुभएको थियो ।

उहाँ तत्कालीन राष्ट्रपति सुशीलो बाम्बाङ युधोयोनो नेतृत्वको सरकारमा मन्त्री हुनुभएको हो । उहाँलाई बुधबार पश्चिमी जाकार्ताको एक होटलबाट नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रिय सुरक्षा फौजका प्रमुख अगुस राहार्दजोले पट्रिअलिस संलग्न भएका विभिन्न घटनाका बारेमा बुझन उहाँलाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।

अगुसले बुधबार भन्नुभयो, “उहाँलाई पक्राउ गरेपछिको घटना क्रमका बारेमा हामी चाँडै नै जानकारी गराउने छौँ ।” अहिले उहाँ अनुसन्धानकै क्रममा रहेकाले उहाँका बारेमा केही भन्न नमिल्ने पनि अगुसले जानकारी दिनुभयो ।

पूर्वसांसद र प्रभावशाली नेता समेत रहेका पट्रिअलिस अहिले कडा सुरक्षा नियन्त्रणमा परेको अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।