भारतीय दुतावासद्धारा मैदी हेल्थ पोष्टलाई एम्बुलेन्स

1201 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rishi-dhamala-555x335

धादिङ- नेपालस्थित् भारतीय दुतावासद्धारा धादिङको मैदी हेल्थ पोष्टलाई एम्बुलेन्स प्रदान गरिएको छ।

भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा  विहान नेपालस्थित् भारतीय दुवावासमा आयोजित कार्यक्रमकावीचमा नेपालको विकासको यात्रामा भारत सरकारको सहयोगको प्रतिबद्धतासहित भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लाका अस्पतालहरु, नाफा नकमाउने परोपकारी संस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई नेपालमा स्वास्थ्य तथा शैक्षिक सेवा अभिवृद्धि गर्न २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार दिइएको छ।

भारत सरकारले दिएको उक्त एम्बुलेन्सबाट धादिङको  मैदी, ढोला, नलाङ्, खरी र गोरखा जिल्लाको दरबुङ् गाविसले प्रत्यक्ष लाभ लिने मैदी हेल्थ पोष्टका  सुजन श्रेष्ठले जानकारी दिए।

 

हेल्थ पोष्टका एम्बुलेन्स सहयोग समितिका पूर्व अध्यक्ष नित्य प्रसाद तिवारीका अनुसार मैदीमा मात्रै नभएर यसले धेरै गाविसहरुलाई ठूलो राहत पुगेको छ। उनका अनुसार एम्बुलेन्सबाट प्रत्यक्ष रुपमा करिब २५ हजार जनतालाई राहत पुग्ने भएको छ।

हाल उक्त हेल्थ पोष्टमा दैनिक ६० जना विरामीहरु आउने गरेको र ती मध्ये ५/६ जनालाई अर्को अस्पताल रेफर गर्नुपर्ने भएकोले यो एम्बुलेन्स पाएसँग अब ठूलो राहत पुग्ने हेल्थ पोष्टका  श्रेष्ठले बताए।

कार्यक्रममा राजदूत रञ्जित रायले नेपालमा शैक्षिक र स्वास्थ्य सेवा सवल गराउन ती संस्थालाई साँचो हस्तन्तरण गरेका हुन् । नेपालको एक भूपू संगठनलाई दुई एम्बुलेन्स पनि उपहार दिइएको थियो ।

नेपालका दुर्गमसहित विभिन्न स्थानमा रहेका पुस्तकालय, प्राथमिक विद्यालय, उच्च माध्यमिक विद्यालय तथा महाविद्यालयहरु गरी ६० शैक्षिक संस्था तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत दिइएको थियो ।

भारतले सन् १९९४ देखि नेपालको ७३ जिल्लाहरुमा अवस्थितविभिन्न संस्थाहरुलाई ६ सय २ एम्बुलेन्सहरु प्रदान गरिसकेको छ। भारतले नेपालका २८ जिल्लामा रहेका विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाहरुका हजारौं विद्यार्थीहरुको विद्यालयमा सहज पहुँचको लागि १ सय १८ बस उपहार स्वरुप उपलब्ध गराइसकेको छ ।