धादिङ्ग समाज कोरियाको पाँचौ अधिबेशन सम्पन्न

966 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

प्रबासी धादिंगेलि हरुको कोरियालि मित्र संजाल तथा सुख दु:खको साझा चौतारी “धादिङ्ग समाज कोरिया” ले कोरियाको दोश्रो ठुलो चाड अथवा यसै सलनालको अबसर पारी अध्यक्ष ईश्वर रुपाखेतीको सभापतित्वमा संस्थाको भेला कार्यक्रम तथा पाँचौं अधिबेशन सम्पन्न गरेको छ ।

अन्य संघ संस्थाहरुले जस्तो गरि समाजले अधिबेशनकै लागि भनि यहाँ स्थित ठुला तह र तप्कामा रहेका त्यस्तो बिशेष तथा प्रमुख व्यक्तित्वहरुलाई अतिथिको रुपमा ननिम्त्याएता पनि कार्यक्रममा उपस्थित हुनुभएका ह्युन्डाई साम्हो नेप्लिजका संस्थापक राम दत्त जोशीको प्रमुख आतिथ्यमा कार्यक्रमलाई औपचारिकता दिएको थियो भने बिशेस अतिथिको रुपमा एनआरएन कोरियाका युवा प्रतिनिधि साजन शर्मा रहनुभएको थियो ।

सक्रिय सदस्य भरत सुबेदी द्वारा संचालित कार्यक्रममा महा सचिव बशन्त सिम्खडाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम परिचयात्मक हुँदै अध्यक्ष बाट बार्षिक प्रतिबेदन, कोषाध्यक्ष बाट आर्थिक प्रतिबेदन प्रस्तुत र अथितिहरुको मन्तब्य सहित सभापति द्वारा उद्घाटन सत्रको समापन गरिएको थियो । कोषाध्यक्ष सन्तोष अधिकारीले २,७०,५०,६७९ (दुई करोड सत्तरी लाख पचास हजार छ सय उनान्असि कोरियन वन) को दुई बर्षे आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको छ ।

धादिङ्ग जिल्ला बाट बिभिन्न पेसा ब्यबसाय तथा अन्य गतिबिधि हरुमा कोरिया प्रबेश गरि बिभिन्न क्षेत्रमा रहनुभएका धादिंगेलिहरुको उपस्थितिमा राजधानी सियोल स्थित नमस्ते रेस्टुरेन्टको हलमा सम्पन्न उक्त अधिबेशनले संस्थाको नेत्तृत्व पदमा सर्बसहमति बाट सन्तोष अधिकारीलाई चयन गरेको हो । त्यस्तै पाँचौं कार्यकालको लागि बरिस्ठ उपाध्यक्ष बशन्त सिम्खडा, उपाध्यक्षहरुमा रमेश श्रेष्ठ र यदु लम्साल, महासचिवमा भरत सुबेदी, सचिव हरुमा शंकर नेपाल र फलिन्द्र ईटनी, कोषाध्यक्षमा नबराज कंडेल र त्यस्तै गरि सदस्यहरुमा रामचन्द्र सिम्खडा, सुबाश सिम्खडा, मधु राई, शान्ता पाण्डे, गंगा लोहनी, उज्ज्वल रुपाखेती, मिलन लामा, रमेश श्रेष्ठ र सोनु बस्नेत गरि १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नव गठित समितिका पदाधिकारीहरुलाई समाजका अविभावक तथा संरक्षक अथवा एनआरएन कोरियाका सल्लाहकार प्रकाश धमलाले बधाई तथा कार्यकाल सफलताको सुभकामना मन्तब्य दिनुभएको थियो । समयको बाबजुत कार्यक्रमको अन्ततिर उपस्थित हुनुभएका अविभावक धमला द्वारा नै जिल्लाको सदरमुकाममा निर्माण भएको सुबिधा सम्पन्न आधुनिक अपाङ्ग मैत्री शौचालयका सहयोग दाताहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

समाज द्वारा हेरक बर्ष छनोट हुँदै आइरहेको उत्कृस्ट व्यक्तित्व मध्ये यसपाली भने  स्थापना काल देखि नै संस्थामा उल्लेखनीय भूमिका निभाउदै आउनुभएका निबर्तमान कोषाध्यक्ष सन्तोष अधिकारीलाई छनोट गरेको थियो । त्यसै भेला मार्फत उनलाई उत्कृस्ट अवार्ड तथा ताम्र पत्रले सम्मान समेत गरिएको छ